परासी । नवलपरासीमा गत बर्ष ११ हजार १ सय ९५ जनाले आयुर्वेद उपचार केन्द्र परासीबाट सेवा लिएका छन् । ५ हजार ५७३ महिला र ५ हजार ६२२ जना पुरुषले सेवा लिएको हुन् । अहिले आयुर्वेद उपचार तर्फ आर्कषण बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९।०८० मा ९ हजार ३ सय ९३ जनाले सेवा लिएका थिए ।
आयुर्वेद केन्द्रमा उपचारकालागि दैनिक भिडलाग्ने गरेको छ । २ वर्ष देखि निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएका कारण पनि सेवाग्राहीको बाक्लो उपस्थिति हुने गरेको छ । दैनिक २५ देखि ३० जना सेवाग्राही आयुर्वेद सेवा सेवा लिन आउने गरेको केन्द्रका सूचना अधिकारी एव वरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले जानकारी दिनुभयो ।
सेवा लिनेमा २ देखि ४ वर्षसम्मका बालबालिकाको संख्या ७३ जना, ५ देखि १६ वर्षका ८१ जना, १७ देखि ५९ वर्षसम्ममा सबै भन्दा धेरै ३ हजार ६ सय ६१ जनाले सेवा लिएको निरीक्षक अर्यालको भनाई छ । यस्तै ६० वर्ष भन्दा माथिका १ हजार ४ सय ७९ जनाले सेवा लिएका छन् । गत अघिल्लो वर्षमा भने ९ हजार ३ सय ९३ जनाले सेवा लीएका थिए ।
संस्थाले निः शु्ल्क स्वास्थ्य परिक्षण, परार्मश सेवा र औषधी समेत उपलब्ध गराउने गरेको छ । स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले तोकेका २३ प्रकारका आर्युर्वेदिक औषधी निःशुल्क रुपमा उपलब्ध हुने गर्दछ ।
निःशुल्क रुपमा पाईने प्रचार गरिए अनुसार प्रर्याप्त औषधी नपाएको सेवाग्राहीले भने गुनासो गर्ने गरेका छन् । सेवाग्राही धेरै आउने भएकोले औषधी अभाव बढिरहेको संस्थाले जनाएको छ । नवलपरासीका विभिन्न स्थान र सिमावर्ती भारतबाट समेत सेवा लिन आउने गरेको केन्द्रकी प्रमुख डा. अर्चना शुक्काले नेपाली चेलीलाई जानकारी दिनु भयो ।
नवलपरासी जिल्लामा पाल्हीनन्दन गाउँपालिका, सरावलमा र प्रतापपुरमा एक एक वटा ४ वटा आर्युर्वेद औषधालय सञ्चालनमा रहेका छन् ।