सरावल । नेपाल प्रेस युनियन नवलरासीका अध्यक्ष उमेश बि.क. सरावल गाउँपालिका स्तरीय प्रेस क्लवको अध्यक्ष बन्नु भएको छ । पत्रकार बि.कको अध्यक्षतामा ९ सदस्यीय प्रेस क्लव गठन गरिएको हो । आइतबार गाउँपालिकामा भएको पालिका स्तरीय पत्रकारहरुको भेलाले बि.कलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा भूपनारायण चौधरी, सचिवमा महेश यादव, सह–सचिवमा डोलकुमारी चौधरी, कोषाध्यक्षमा देशबन्धु यादव, सदस्यहरुमा टेकबहादुर हरिजन, जितेन्द्र हरिजन, निलम केसी र अभिशेष राव हरिजन सर्वसम्मत चयन हुनु भएको हो । यसैबीच सरावल प्रेस क्लबको सल्लाहकारमा पत्रकार बेचु गौड र अकोराव नवलपरासीका अध्यक्ष नारायण पाण्डेलाई चयन गरिएको छ ।
सरावल गाउँपालिका भित्र पत्रकारहरुको पेशागत हकहितको प्रर्वद्धन गर्ने उद्देश्यले सरावल प्रेस क्लब गठन गरेर पत्रकारहरु संगठीत भएका हुन् ।
कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले नवगठीत प्रेस क्लवलाई शुभकामना ब्यक्त गर्दै क्लवले जनता र सरकारकाबीच पुलको काम गर्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष चौधरीले पालिका भित्र भएका विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुझाव एवं सल्लाह दिन पत्रकारहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बास्मती हरिजन, गाउँपालिकाका सूचना अधिकारी इश्वरीप्रसाद खनाल, पत्रकार बेचु गौड लगायतले शुभकामना व्यक्त गर्नु भएको प्रेस क्लवकी सहसचिव चौधरीले नेपाली चेलीलाई जानकारी दिनु भयो ।