परासी । लुम्बिनी प्रदेश सभाका १८ जना महिला साँसदहरु सहित ३० साँसदहरुले आ.ब.२०८०।०८१ मा २३ लाख ३५ हजार २२५ रुपैया उपचार वापतको रकम बुझेका छन् । आर्थिक अवस्था राम्रो भएका साँसदले पनि उपचार वापतको रकम राज्य कोषबाट लिएको भन्दै अहिले चौतर्फि आलोचना पनि भएको छ ।
जनताको करबाट उठाएको पैसाबाट नेताहरुले तलव खाने विषयमा त आम रुपमा नेताहरु आलोचित नै थिए तर उपचारको नाममा लाखौको रकम बुझेका प्रदेश सभा निर्वाचित र समानुपातिक साँसदले पनि रकम लिएको खवर वाहिरिएपछि साँसद विरुद्ध चर्को आलोचनाका स्वरहरु सुनिन थालेका हुन ।
लुम्बिनी प्रदेश सभा साँसद गीता गुरुङले ८२ हजार ४ सय ८२ रुपैयाँ, रेखाकुमारी शर्माले २१ हजार १ सय ७४ रुपैयाँ उपचार खर्चका लागि लिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यस्तै, धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४० रुपैयाँ, सरिता पुनले ९४ हजार ६४,यसैगरी शान्ति लोधले १२ हजार ४ सय ११, निर्मलादेवी चौधरीले ३३ हजार ५ सय ८७,अम्बिका काफ्लेले ८७ हजार ३ सय ८७ रुपैयाँ उपचार खर्च बुझेका छन् । जमुना ढकालले १ लाख २४ हजार ८ सय २०, माया पुनले ४३ हजार ३ सय ४१, लोक कुमारी विकले ७६ हजार ३ सय ४४, जानकी न्यौपाने १७ हजार १ सय ५०, इन्द्र कुमारी गहतराजले २७ हजार ५ सय ६५, प्रदेश सभा सदस्य मिना कुमारी बोहराले ३ हजार १ सय ५०, हेमा बेल्वासेले ३० हजार ६ सय ८६, तारा थापाले १८ हजार ३ सय ९९ रुपैयाँ, तारा थापाले १८ हजार ३९९ रुपैयाँ र मिनाकुमारी श्रेष्ठले ६२ हजार ३९ रुपैया उपचार खर्च बुझेको लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिनु भयो ।
यसैबीच सांसद गिरिधारीलाल न्यौपानेले, १ लाख २२ हजार ५ सय रुपैयाँ, भोजप्रसाद श्रेष्ठले ७७ हजार ६ सय रुपैयाँ, नवलपरासीबाट स्वतन्त्र निर्वाचित खड्क बस्नेतले ४ लाख १४ हजार ८ सय ५६ रुपैयाँ, अब्दुल रज्जाक गद्दीले ६१ हजार ६ सय रुपैयाँ, यामबहादुर नेपालीले ६९ हजार ६ सय रुपैया, तुलसीप्रसाद चौधरीले ४० हजार २ सय ७६ रुपैया, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३ सय २० रुपैया, रामजी प्रसाद घिमिरेले १५ हजार ६ सय ५८ रुपैयाँ,दीपेन्द्र पुन मगरले ४४ हजार ४७ रुपैया, राजु प्रसाद श्रेष्ठले १ लाख १८ हजार ५ सय ५ रुपैयाँ, देवीप्रसाद चौधरीले ७६ हजार ४ सय २३ रुपैया बुझेको सूचना अधिकारी सुवेदीले बताउनु भएको छ ।
प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचार बापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । उपचार वापतकाे रकम बुझ्ने साँसदहरु (नामावली)