परासी । महिला पत्रकारहरु आवद्ध भएको संस्था सञ्चारिका समुह नेपाल नवलपरासीको अध्यक्षमा पत्रकार बिष्णु खनाल सर्वसम्मत चयन हुनु भएको छ । बर्दघाट क्षेत्रबाट पत्रकारीता गर्नु हुने खनाललाई महिला पत्रकारहरुको भेलाले सर्वसम्मत अध्यक्ष चयन गरेको हो । भेलाले ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
सञ्चारिका समूहको सचिवमा पत्रकार डोल्मा चौधरी, कोषाध्यक्षमा संझना सुवेदी सर्वसम्मत चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी, गिता भट्टराई, अनुकुमारी सुनार, मिना के. सी, र हसिना खातुन चयन हुनु भएको छ । उपाध्यक्ष पद खाली रहेको र आगामी जिल्ला समितिको बैठकले चयन गर्ने अध्यक्ष खनालले बताउनु भयो ।
सञ्चारिका समुहको उपसमितिमा हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन, शोभा यादव, आरती राना, शारदा धिताल, अमृता सुनार, सुष्मा क्षेत्री रहनु भएको छ ।
सो अवसरमा सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, कोषाध्यक्ष उषा किरण पन्त, जिल्ला समितिकी निवर्तमान अध्यक्ष उर्मिला यादवले पत्रकार महिलाहरुलाई संगठित भएर अगाडि बढन आग्रह गर्नु भयो ।