परासी । आइतबार र सोमबार देशका मुख्य ठूला नदीमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई दिन कोशी, नारायणी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीमा जलसतह सतर्कता तह आसपास नै हुनेछ ।
महाशाखाले बुलेटिन निकालेर यी क्षेत्रको नदी तटीय क्षेत्रमा दुई दिनसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै अर्घाखाँची, पाल्पा, गुल्मी, पर्वत, स्याङजा, सल्यान, रोल्पा, प्यूठान, म्याग्दी, बाग्लुङ्ग, पर्सा, चितवन, नवलपरासी, कपिलबस्तु, रुपन्देही, सुर्खेत, अछाम, दैलेख, बाजुरा, जाजरकोट, बैतडी, बझाङ र आसपासका जिल्ला भएर बग्ने धेरैजसो नदीमा आकस्मिक बहावको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । दुइदिन तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले बिशेष अनुराेध गरेकाे छ ।