परासी । पाल्हीनन्दन गाउँपालिका वडा नंं १ का सरोकारवालाहरुले समाजमा देखिने बिकृतीजन्य काम र व्यवहार हटाउन जोड दिएका छन् । उनीहरुले समाजमा सामाजिक बिकृतीजन्य थुपै काम हुने हुँदा न्यूनिकरण गर्न चुनौती हुने गरेको बताए । मंगलबार आयोजित एक दिने अनुशिक्षण कार्यक्रममा उनीहरुले सामाजिक बिकृतीका थुप्रै घटना घट्ने गरेको बताए ।
वडा नंं १. का विभिन्न सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय, महेशपुरका प्रहरी नायव निरिक्षक बासुदेव ओली र जिल्ला स्तरीय कानूनी सहायता केन्द्रकी अधिवक्ता श्रद्धासुमन आचार्यले सहजिकरण गर्नु भएको हो ।
अनुशिक्षण कार्यक्रममा जात जाति बीचको भिन्नता, छोरा र छोरी बीचको बिभेद, बाल विवाह, जुवातास, मादक पदार्थको सेवन, सामाजिक अन्धविश्वास र महिला हिंसा, गालीवेइज्यती जस्ता विषयमा छलफल गरिएको थियो । सामाजमा बिकृतीजन्य काम गरे कानूनले दण्डीत गर्ने हुँदा सबै सचेत हुनु पर्नेकुरामा जोड दिइएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवीका, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, धर्मगुरुहरु र वालक्लवका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम पाल्हीनन्दन गाउँपालिका वडा नं. १ को आयोजना र ग्यालेक्सी सीप प्रशिक्षण केन्द्र, परासीले सहजिकरण गरेको हो ।