नवलपरासी । छिमेकी देश भारतमा शुत्रबार आजदेखि लोकसभा निर्वाचनकाे पहिलाे चरण सुरु भएको छ ।
पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदै छ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदै छ । आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदै छ ।
पहिलो चरणमा प्रदेशको १ सय २ सिटमा मतदान हुने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।