आज नयाँ बर्ष २०८१, देश भर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मठमन्दिरमा पुजाआजा, पर्यटकीय एवं धार्मिक स्थलहरुको भ्रमण, मनोरम क्षेत्रको छनौट गरी पारिवारीक एवं संस्थागत यात्रा गर्ने प्रचलन पनि छ, नयाँ बर्षको अवसरमा ।
नयाँ बर्षको अवसरमा विभिन्न संघसंस्थाहरुले शुभकामना आदान प्रदानका कार्यक्रम पनि राख्ने गरेका छन् । खुसी, सुख र सम्बृद्धिको कामना गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन पनि छ । नयाँ काम गर्ने अठोट, नयाँ जोस र जाँगर उत्पन्न गर्न सके नयाँ बर्षको महत्व अझ वढेर जान सक्छ । छणिक रमाइलो भन्दा पनि बर्षको शुभारम्भको दिन भएकाले मन, बचन र कर्मले शुद्ध हुने र नयाँ कर्मको योजना बनाउने दिनको रुपमा पनि नयाँ बर्षलाई लिन सकिन्छ ।
अहिले आमसञ्चार माध्यम, सामाजिक सञ्जालबाट पनि विभिन्न आकर्षक कार्डहरु बनाएर सेयर गर्ने र शुभकामना दिने प्रचलन बढ्दो छ । अहिले छापाखानाबाट कार्ड छापेर शुभकामना दिने चलन भने पूर्णतया हराएको छ । सामाजिक सञ्जालले गर्दा शुभकामना आदान प्रदानको माध्यम फेरिएको हो ।
भनिन्छ विक्रम सम्बत अङ्ग्रेजी संवत्भन्दा अर्थात एडी भन्दा ५६ दशमलव ७ बर्षले अगाडि छ । यसले के कुरालाई प्रमाणित गर्दछ भने मानव सभ्यतामा बैदिक सनातन हिन्दु धर्मको प्रभाव, महत्व र उमेर बढी छ ।
नयाँ बर्षको आगमनसँगै पुरानो बर्षको समिक्षा गर्नु पनि आवश्यक छ । पुरानो बर्षमा के के नयाँ काम गर्ने सोंच थियो त्यो पुरा भयो कि भएन समिक्षा गर्ने र नयाँ बर्षमा थप जोसजाँगर र सीप विकासको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस, सधै सकारात्मक बनौं, असान्त मनलाई शान्त पारौं, मन बचन कर्मलाई शुद्ध पारौं ।
नयाँ बर्ष २०८१ को धेरै धेरै शुभकामना ।
अध्यक्ष एवं सञ्चालक
नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर, परासी