परासी । सरावल गाउँपालिकाले नयाँ बर्ष २०८१ को अवसरमा आज शुभकामना आदानप्रदान र सुझाव संकलन कार्यक्रम गरेको छ । २०८० सालमा भए गरेका कामहरुको समिक्षा गर्दै २०८१ सालमा नयाँ र रचनात्मक कार्य गर्ने सोंचकासाथ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा समन्वय प्रमुख यादवले २०८१ सालको शुभकामना व्यक्त गर्दै गाउँपालिकाको विकासकालागि शिक्षा, स्वास्थ्य र कृषिलाई बढी जोड दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा पालिका स्तरीय राजनीतिक दल, संघसंस्था, बृद्धिजिवि तथा अन्य सरोकारवाला निकाय र कर्मचारीहरुको उपस्थिति रहेको थियो । शुभकामना आदान प्रदानको अवसर पारेर गाउँपालिकाकाले सहभागीहरुसँग गाउँपालिकाको आगामी बर्षका लागि गर्न सकिने योजना लिखित रुपमा संकलन गरिएको गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले जानकारी दिनु भयो ।
“लिखित रुपमा प्राप्त भएका योजना र सुझावहरुलाई संकलन गरिएको छ, सवै सुझावहरु अध्ययन र विश्लेषण गरेर आगामी बर्ष कार्यान्वयमा लैजाने तयारीमा छाै ।" गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बिशाल मिश्राले बताउनु भयाे ।
कार्यक्रममा उपाध्यक्ष वासमती हरिजन, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक गाउँपालिकाका लेखापाल नरेश काेहाँरले जानकारी दिनु भयाे ।