परासी । नवलपरासीको रामग्राम नगरपालिकाका १० जना वडा अध्यक्षहरु र ३ तीन जना कार्यपालिका सदस्यहरुले विहिवार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनपत यादवको कार्यशैलि प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
चैत्र १९ गते बहुमत कार्यपालिका सदस्यहरुको छुट्टै बैठक बसी ११ बुँदे माग सम्बोधन गर्न नगरप्रमुखलाई आग्रह गरेका थिए । सो नभएपछि पत्रकार सम्मेलन गरिएको रामग्राम नगरपालिका वडा नं. १५ का वडाध्यक्ष धनपत यादवले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नगरप्रमुखलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा नभएको, नगरपालिकाको नेतृत्व गर्दा सहमति र सहकार्य नगरेको र कार्यपालिकाको बहुमत सदस्यलाई समेत वेवास्ता गरेको भन्दै आपत्ती जनाएका थिए ।
पत्रकार सम्मेलनमा नगरको अनुगमन समितिलाई पूर्णता दिन, लेखा समितिको निर्णय कार्यान्वन गर्न, नगरपालिकाको घरभाडा लगायतका ११ बुँदे माग यथासक्य सम्बोधन गर्न आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा वडा नं. ४ का अध्यक्ष मदन यादवले वहुमत कार्यपालिकाका सदस्यहरुको माग सम्बोधन गरी सर्वसम्मतको बातावरण निर्माण गर्न नगरप्रमुख धनपत यादवलाई आग्रह गर्नु भयो ।
जनप्रतिनिधिको सधैंको झगडाले नगरमा सञ्चालन हुनुपर्ने अधिकांश योजना अझै सम्झौता हुन नसकेकोमा वडा नं. १७ का अध्यक्ष कन्हैया मार्यले बताउनु भयो ।
वडाअध्यक्षहरुले नगरप्रमुख पारिवारिक धार्मिक भ्रमणमा छिमेकी देश भारत रहेको बेला पत्रकार सम्मेलन गरेका थिए । एमालेबाट निर्वाचित मेयर यादवलाई कार्यपालिकाकै बहुमत सदस्यहरूले असन्तुष्टि जनाएपछि काम गर्न समस्या देखिएको छ। नगरमा कांग्रेस र जसपाबाट ६,६ जना, एमालेबाट २, राप्रपाबाट ३ र स्वतन्त्रबाट १ जना वडाध्यक्षमा निर्वाचित भएका थिए ।