पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ।
यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। चार जनाको उद्धार जारी रहेको एयरलाइन्सले जनाएको छ।
बिहान १० बजे ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा सेती खोंचबाट टावरको सम्पर्कमा आएको थियो। त्यसपछि विमान सेती खोंचमा दुर्घटनामा परेको हो। विमानमा ४ चालक दलका सदस्यसहित ६८ यात्रु थिए।
विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार रहेको वताइएको छ। जसमा महिला २५ जना पुरुष ३७ जना बालक ३ र शिशु ३ जना रहेका थिए ।
यसैवीच यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यसैगरी विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि गहिरो दुःख व्यक्त गरेको छन् । घटनाप्रति रुस, भारत, चीन, पाकिस्तान र अमेरिकाले दुःख व्यक्त गरेका हुन।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाउनु भएकाे छ सन्देशमा वहाँले नेपाल र नेपाली जनतालाई समवेदना प्रकट गर्नु भएकाे छ ।
भारतका विदेशमन्त्री एस जयंशकरले पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको ट्वीटमा उल्लेख उल्लेख गर्नु भएकाे छ । वहाँले मृतक परिवारप्रति सहानुभूति व्यक्त गर्नु भएकाे हाे । नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएकाे छ ।