परासी । पश्चिम नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधि सभा साँसद ध्रुवबहादुर प्रधानले विधि नै बनाएर अपराधिक क्रियाकलाप हुने गरेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । “हामीले विधिको शासनको कुरा गरिरहेका छा्रै, यहाँ विधि नै बनाएर अपराधिक क्रियाकलाप भइरहेको छ ।” साँसद प्रधानले भन्नु भयो ।
लोकतान्त्रीक चोक परासीमा सोमवार विहान आयोजना गरिएको होली मिलन समारोहलाई सम्बोधन गर्दै साँसद प्रधानले यस्तो बताउनु भएको हो । समाजमा गरिने साँस्कृतिक गतिविधिले नेपालको एतिहासिक परंपरा, धर्म र नेपाली पनलाई जोगाउन मद्दत गर्ने साँसद प्रधानले जोड दिनु भयो ।
कार्यक्रम रामग्राम जेसीज र रामग्राम महिला जेसीजले होली पर्वको अवसमा आयोजना गरेका थिए । रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
सो अवसरमा लुम्बिनी प्रदेश सभाका साँसद बैजनाथ जयसवालले जेसीज युवाहरुको संस्था भएकोले नवलपरासी जिल्लाका सवै स्थानीय तहमा युवाहरुलाई कुलतबाट जोगाउन सचेतनामूलक कार्यक्रम गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, नगरकार्यपालिकाकी सदस्य नानुकुमारी खड्का, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार वश्याल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, परासी क्याम्पसका प्राचार्य सुमन गोपाल आचार्य, ज्योति विकास बैंक लिमिटेडका प्रवन्धक दिपेन्द्र अधिकारी, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम संयोजक हेमेन्त चौधरीले जानकारी दिनु भयो ।