वर्दघाट । पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैठौ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको निर्वाचनमा अध्यक्ष पदमा कर्णबहादुर खत्री विजयी हुनु भएको हो । खत्रीले ६९५ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी शरद पौड्यालले ४९७ मत प्राप्त गर्नु भएको हो यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी ज्ञानहरी भट्टराईले २६० मत प्राप्त गर्नु भएको छ । संस्थाको अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको थियो ।
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद खनालले ७१२ मत प्राप्त गरी विजय हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रामवहादुर थापाले ६१५ मत प्राप्त गर्नु भएको छ । यस्तै संस्थाको सचिव पदमा तीन जनाको प्रतिस्पर्धा रहकोमा शिवदेव न्यौपानेले ५५० मत प्राप्त गरी विजय हुनु भएको छ । उहाँका निकटत प्रतिस्पर्धी सन्तोष लामिछानेले ५०२ मत प्राप्त गर्नु भएको हो भने अर्को सचिव पदका उम्मेदवार भिमप्रसाद न्यौपानेले ३०८ मत प्राप्त गर्नु भयो ।
यस्तै संस्थाको कोषाध्यक्षमा चन्द्रकुमारी थापा मसिना ८८० मत प्राप्त गरी विजय हुनु भएको छ भने उहाँकी निकटतम प्रतिस्पर्धी निलकुमारी चौधरीले ३९० मत प्राप्त गर्नु भएको हो ।
यस्तै दुई जना खुल्ला सदस्यमा पदमपानी आचार्यले ६७६ मत र गणेश न्यौपानेले ६२५ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै दुई जना महिला सदस्यहरुमा विष्णुकुमारी दर्लामी ७१९ मत र मायादेवी खरेलले ६०८ मतका साथ विजयी हुनु भएको हो ।
संस्थाको छैठौ अधिवेशनबाट जनजाति सदस्यमा रमेश कुमार फौजदार ८३१ मत, दलित सदस्यमा सीता नेपालीले ७७२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
यस्तै संस्थाको लेखा समितिको संयोजकमा राजु विश्वकर्माले ६७४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी तारावहादुर पाण्डे क्षेत्रीले ५७९ मत प्राप्त गर्नु भएको छ । भने लेखासमितिको दुईजना सदस्यहरुमा सारदा आचार्य लम्साल निर्विरोध हुनु भएको थियो भने शुशिल लामिछानेले ७५० मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृत बद्रीप्रसाद सुवेदीले जानकारी दिनु भयो ।
पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कुल मतदाता २ हजार २६३ जना रहेको भए पनि जम्मा १ हजार ५७७ मत खसेको संस्थाका व्यवस्थापक नारायण गिरीले बताउनु भयो ।