महिलाहरुको नेतृत्वदायी संस्था रामग्राम महिला जेसिजले परासीमा १२ औं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । रामग्राम महिला जेसीज सन् २०२२ का अध्यक्ष अनिता दवाडी तिवारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा पद हस्तान्तरण गरिएको हो । सो अवसरमा साँसद जयसवालले रामग्राम नगरीमा महिलाहरुको नेतृत्व आशालाग्दो भएको वताउदै अव समाजका विभिन्न क्षेत्रमा महिलाहरुलाई नेतृत्वमा ल्याउन आग्रह गर्नु भयो ।
रामग्राम महिला जेसीजमा १ जना अध्यक्ष, १ जना निर्वमान अध्यक्ष, २ जना कार्यकारी उपाध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कानूनि सलाहाकार, सहसचिव र सहकोषाध्यक्ष सहितको संचालक समिति चयन गर्ने व्यवस्था छ । जसअनुसार सन् २०२३ कालागि अध्यक्षमा जोगमाया चौधरी सर्वसम्मत निर्वाचित वन्नु भएको थियो यस्तै २ कार्यकारीणी उपाध्यक्षमा विनिता खड्का र सरीता कुर्मी, ४ उपाध्यक्षमा लक्ष्मी चौधरी, रमा गौतम, अन्नु कुमारी सुनार र अस्मिता मल्ल निर्वाचित हुनु भएको छ । यस्तै सहसचिवमा अनामिका हरिजन र सहकोषाध्यक्षमा बविता जयसवाल निर्वाचित बन्नु भएको छ भने महासचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सुनिता अग्रहरी र कानूनि सल्लाहाकारमा सनम मुल्मीलाई चयन गरिएको छ ।
सो अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर वस्याल, पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दीप अग्रहरी, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष अनिल उपाध्याय, महिला जेसीजका पूर्व अध्यक्षहरु, रामग्राम जेसीजका पूर्व अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको महासचिव डोल्मा चौधरीले जानकारी दिनु भयो ।
सन् २०२३ को नयाँ कार्यसमितिको निर्वाचनको निर्वाचन आयुक्तको रुपमा महिला जेसीजकी पूर्व अध्यक्ष पुषा लामा र रिंगला यादवले भूमिका निर्वाह गर्नु भएको वताइएको छ ।