परासी । "भ्रष्टाचार बेथित र विसंगतिका विरुद्ध खबरदारी स्थानीय विकासमा हाम्रो साझेदारी" भन्ने नराका साथ नवलपरासी महिला प्रेस क्लबको आयोजनामा स्थानीय सरकारसँग नवलपरासी महिला प्रेस क्लबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सुनवलमा सम्पन्न भएको छ ।
महिला प्रेस क्लबको अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख विमला अर्यालले नवलपरासी महिला प्रेस क्लबमा आवद्ध पत्रकार महिलाहरु सत्यतामा आधारित आँखाको नानी बन्नु पर्छ भन्दै महिला प्रेस क्लबलाइ शुभकामान दिनु भएको थियो । पत्रकारिक्ता पेशामा आधारीत महिला पत्रकारहरुलाई भ्रष्टाचार विरुद्धका सत्य,तथ्यमा आधारीत समाचार संप्रेशनकालागि अनुरोधको गर्दै निडर भएर अगाडि बढ्न उहाँले आग्रह गर्नु भयो । समाज रूपान्तरका लागि सुशासन, सामाजिक न्याय,समाजमा भएको भ्रष्टाचारहरूको विषयमा खबरदारिका पहलकदमि गर्न सबैको दायित्व रहेको बताउदै नगर प्रमुख अर्यालले हातेमालो गरि नगरको विकासमा लाग्न आग्रह गर्नु भयो । उहाँले सत्यता र निष्पक्षतामा रहि पत्रकार महिलाहरूको कलमहरू अविचलित रूपमा अगाडि बढिरहुन भन्ने शुभकामना दिँदै महिला प्रेस क्लबलाइ अगाडि बढाउन साथ र सहयोग रहने प्रतिवद्धता समेत उहाँले दिनु भयो ।
यस्तै महिला प्रेस कल्बकी अध्यक्ष कल्पना खरेलले कार्यक्रमको औचित्य तथा महिला प्रेस कल्बको बारेमा जानाकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले समाज परिवर्तनका क्षेत्रमा मात्र नभई समाज रूपान्तरदेखि समाजमा व्याप्त, विसंगति र व्यथितिका विरुद्ध कलम चलाई समाजलाई सुसूचित गराउँदै आए पनि अधिकारका क्षेत्रमा महिला पत्रकार अझैं पनि पछि परेको गुनासो गर्नु भएको थियो । पछिल्लोपटक विभिन्न सञ्चार क्षेत्रमा काम गर्ने महिला पत्रकारहरू विस्थापित हुँदै गएको बताउदै उहाँले पत्रकार महिलाहरूले स्थानीय सरकारबाट असमानजनक व्यवहार समेत झेलेको बताउनुभयो । नवलपरासी जिल्लामा क्रियाशील रहेका पत्रकार महिलाहरूमा समय समयमा आइपर्ने पेशागत समस्याहरु समाधान गरी सचारक्रर्मि पुरुष एवं महिला पत्रकार बीच सुसम्बन्ध कायम गर्न, संस्थागत र पेशागत विकास तथा व्यावसायिक क्षमतासहित पेशाको सुरक्षाका लागि आफ्ना अधिकार सुरक्षित गर्दै सांगठनिक भई समाजमा रहेको व्याप्त, भष्टचार व्यतिथी र विसंगतिका विरुद्ध खबरदारी गरि समाजलाइ सुसुचित गराउने उदेश्यले नवलपरासी महिला प्रेस कल्बको गठन गरिएको बताउदै जिल्लाको सातै स्थानिय तहमा यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको सुनवल नगरपालिका बाट अन्तरक्रिया शुरु गरिएको अध्यक्ष खरेलले जानकारी दिनु भएको थियो ।
यस्तै सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भीमबहादुर थापाले महिला प्रेस कल्बले राम्रो शुरुवात गरेको भन्दै शुभकामना दिनु भएको थियो ।
सो अवसरमा खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थान प्रसाद गरै नवलपरासी महिला प्रेस कल्बका प्रमुख सल्लाहकार डोलराज भण्डारी, कार्यपालिका सदस्य भगौति वस्याल, वठा न.४ का अध्यक्ष बाल कृष्ण पंगेनि, नेकपा माववादि सुनवल नगरका अध्यक्षा, रासपा सुनवल नगरकी अध्यक्ष शोभा ढकाल,सुनवल नगर प्याब्सन अध्यक्ष, अन्तर पार्टि महिला संजालकी अध्यक्ष टिचन गुरुङ्ग, समाज सेवि उत्तम खरेल लागाएतले शुभकामना शुभकामना दिनु भएको थियो । अन्तरक्रियामा कार्यक्रमा सुनवल नगरका जनप्रतिनिधि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलहरुका अध्यक्ष, विभिन्न संघ संस्थाका अध्यक्ष, सामाजिक तथा बौद्धिक व्यत्तित् हरुको सहभागितामा अन्तरक्रिया भएको थियो । कार्यक्रमा सस्वगत मन्तव्य महिला प्रेस कल्बकी आजिवन सदस्य अन्जु सहानिको रहेको उक्त कार्यक्रमको संचालन नवलपरासी प्रेश कल्बकी सचिव डोल्मा चौधरीले गर्नु भएको थियो ।