परासी । नेकपा एमाले रामग्राम नगरपालिका वडा नं. ३ ले आज दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पुनः काशिराम ज्ञवालीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि चयन गरिएको छ । जसको उपाध्यक्षमा रामकुमार केवट, सचिवमा ठगिश्वर पोख्रेल, सहसचिवमा डोलराज अर्याल र विष्णु खड्का सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन मण्डलका संयोजक सरिता पौडेलले जानकारी दिनु भयो । यस्तै सदस्यहरुमा कोपिला गौतम, कोपिलाल चापागाईं, आरत चमार, रुक्साना खातुन, पवित्रा आले, रेखा विश्वकर्मा, आकाश गौंड, सावित्री तिवारी, विमला आचार्य, मनिषा वि.क.सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
त्यसअघि सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं खानेपानी विभाग प्रमुख थानप्रसाद गैरे, प्रदेश कमिटि सदस्य लक्ष्मी क्षेत्री, जिल्ला कमिटि सचिव धिरज शर्मा, रामग्राम नगरकमिटिका अध्यक्ष हरिलाल यादव, विमल पौडेल लगायतले पार्टीको विधि र पद्दतीको बारेमा बोल्नु भएको अनेमसंघ रामग्राम नगर कमिटिकी अध्यक्ष रजनी ढकालले जानकारी दिनु भयो ।