प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम साधारण सभा तथा भेला राप्ती उपत्यका देउखुरीमा ७ बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
(हेराै के के छ घाेषणा पत्र ।)
१.नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरणको नाममा प्रेस चौतारी नेपाल सम्वद्ध क्रियाशिल सदस्यलाई सदस्यताबाट हटाउने कार्य भएकोप्रति यो भेला घोर भत्र्सना गर्दै शुद्धिकरणलाई पूनर्विचार गर्न माग गर्दछ ।
२.लुम्बिनी प्रदेश सरकारद्धारा गठित संचार समन्वय परिषदलाई राजनीतिक प्रतिशोधका आधारमा भूमिका विहिन बनाइएकोले सञ्चार परिषदलाई यथाशक्य क्रियाशिल बनाउन यो भेला लुम्बिनी प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।
३.पछिल्लो समय देखिएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै संचारमाध्यमको दिगोपनाका लागि प्रभावकारी कदम चाल्न तीनै तहका सरकार समक्ष यो भेला जोडदार माग गर्दछ ।
४.आर्थिक संकट लगायत विभिन्न बहानामा संचारमाध्यमबाट श्रमजिवि पत्रकारलाई पेशाबाट निस्कासन गर्ने तथा पारिश्रमिक नदिने कार्य तत्काल रोकी पेशागत सुरक्षाको माग गर्दछ ।
५.पत्रकार महासंघलाई अमुख दलको गतिविधि गर्ने संस्था बनाइएको छ । यो कार्यलाई तत्काल रोकी पत्रकार महासंघको गरिमा कायम गर्न यो साधारणसभा माग गर्दछ ।
६.पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी प्रेस चौतारीलाई सशक्त र सुदृढ गर्न प्रत्येक सदस्यले चौतारी म बनाउँछु भन्ने अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गर्न यो साधारणसभा माग गर्दछ ।
७. श्रमजीवी पत्रकारको दुर्घटना विमालाई प्रभावकारी बनाउन प्रदेश र संघीय सरकारसँग यो भेला माग गर्दछ ।