डोल्मा चौधरी
परासी ३ माघ । पश्चिम नवलपरासीमा भर समुदायको पराम्परागत भुजा भुट्ने पेशा लोपउन्मुख अवस्था पुगेको छ । भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि पराम्परागत भुजा भुट्ने पेशा लोप हुने अवस्थामा पुगेको हो ।
सानो छोप्रो बनाएर बषौदेखी भुजा भुट्दै आएको अहिले आधुनिक मेसीन प्रयोगमा आएपछि पेशा लोपमुन्मुख अवस्था पुगेको रामग्राम नगरपालिका वडा १७ देवगाँउकी ५८ बर्षिया बिन्द्रवती कहाँरले बताउनु हुन्छ । सानै उमेर देखि भुजा भुट्ने काम गर्दै आउनु भएको यो पेशामा लागेको उहाँको ४२ वर्ष पुगेको छ । १४ वर्षको उमेर देखी नै कहार आफ्नो घरको अगाडी सानो खरले छाएको झुपडी बनाई भुजा भुट्न सुरू गरेको बताउँनु हुन्छ । उहाँले भन्नुहुन्छ – भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि पराम्परागत भुजा भुट्ने पेशा संकटमा परेको छ ।
पहिला महिनामा १ क्वीन्टल (चमल ,चिउरा, चना,घटमास, बदाम¬खाध्यन्न आर्जन हुने गरेको तर अहिले महिनाको आधा क्वीन्टल (चमल, चिउरा,चना, घटमास, बदाम)खाध्यन्न पु–याउन र आर्जन गर्न धौधौ परेको बिन्द्रवतीको भनाई छ । उहाँ यही पेशाबाट तीन छोरा र एक छोरी पाल्दै आएको बताउदै भुजा भुट्ने पेशाले तीन छोरा र एक छोरीलाई बिवाह पनि गरिसकेको बताउनुहुन्छ । उहाँको गाउँमा सानो खरको छाप्रो छ । त्यही छाप्रोमा ८ वटा माटोको घैटो बनाई दिनहुँ भुजा भुट्ने गरिएको कहाँरले बताउनु हुन्छ । उहाँ बाह्रै महिना यो पेशामा सर्मपित रहनु भएको छ ।
दैनिकी यहि पेशामा रमाउदैँ आउनु भएको उमेरले नेटो काटि सकेपनि यो पेशा अंगालिदै कहाँर आउनु भएको छ । पुर्ख्योली पेशामा चिन्ता व्यक्त गर्दै आफ्नो पेशाको अन्तिम पुस्ता रहेको बिन्द्रवतीको भनाई रहेको छ । दाउराको अभाव भएको हुदाँ भुजा भुट्ने सिसौको पात र भुसाले भार आगो सल्काउने गरेको बताउनु हुन्छ ।
उहाँमात्र हैन यही पेशामा लागेको सरावल गाउँपालिका वडा नं. २ मनरीमा भुजा भुट्ने पेशा गदै आएकी ५० बर्षिय लिलावती कहाँरको अवस्था पनि उस्तै छ । उहाँ २५ बर्षदेखी घरको अगाडी सानो खरले छाएको झुपडी बनाई भुजा भुट्न सुरू गरेको बताउँनु हुन्छ । उहाँ भन्नुहुन्छ–भुजा भुट्ने आधुनिक मेसीनको प्रयोग तथा परम्परागत चलनचल्तिहरु परिर्वतन हुदै गएपछि भुजा भुट्ने पेशा संकटमा परेको बताउनु हुन्छ ।
उहाँले यही भुजा भुटेर परिवार पालिदै आएको पनि बताउनु हुन्छ । भुजा भुटेर दुई छोरी र एक छोरा पाल्दै आएको कहाँरको भनाई छ । लिलावती सँगै छोराबुहारीले भुजा भुट्न सघाउँदै आएका छन । त्यही घरअगाडि छाप्रोमै भुजा भुट्ने माटोका ठूलाठूला चार पाँच भार चुलो बनाइको छ । पहिला १२ महिना यो पेशा चल्ने गरेको थियो तर सिजन बाहेक अरुबेला नचल्दाँ अहिले पेशा झन संकटमा परेको बताउदै महिनामा २५ केजी चामल आर्जन गर्न पनि धौधौ परेको परिवार पाल्न गाह्रो भएको कहाँरको भनाई छ ।
दउराको अभाव हुदाँ भुजा भुट्ने सिसौ लगाएत रुखहरुबाट झरेको पात र भुसाले आगो सल्काउने गरेको कहाँर बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ गाउँघरका मानिसले आफै चामल, चिउरा चना घटमास बदाम जस्ता कच्चा पदार्थहरु आफै लिएर आउने गरेको बताउदै त्यसमा ज्याला लिई भुट्ने गरेको हो । दुई किलो कच्चा पदार्थ छन भने एक किलो ज्याला लिने चलन रहेको छ । अहिले आधुनिक मेसिन आएपछि कहारले पुख्यौली पेशा संकटमा परेको गुनासो पोख्नु हुन्छ ।
भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ । आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने गरेको छ । परम्परागत तरिकाअनुसार भुजा फलामको आरीमा तातो बालुवा हालेर भुटिन्छ । बालुवा भने आगो बालेर राम्रोसँग तताउनुपर्छ।