बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई नै भ्रष्ट्राचारमा शुन्य सहनशिलता कायम गर्न सबै क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो । “सुधारौं सोंच, संस्कार र व्यवहार, नियन्त्रण हुन्छ भ्रष्ट्राचार” भन्ने नाराका स्थापना दिवस मनाइएको हो ।
यस्तै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली वहादुर चौधरीले झुठ्ठा र बेनामी उजुरीकै आधारमा विकास निर्माण कार्यहरु रोकिंदा धेरै बाधा भइरहेकोले उजुरी पर्नासाथ कामै रोक्ने भन्दा शुक्ष्म अध्ययन गरेर कारवाही अगाडि बढाउन अनुरोध गर्नु भएको छ । मुख्यमन्त्री चौधरीले, जनप्रतिनिधि र कर्मचारीहरुलाई निरन्तर प्रशिक्षण दिन समेत आग्रह गर्दै बजेट खर्च नतिजामूखी हुनु पर्ने बताउनु भयो ।
कार्यक्रम लुम्बिनी प्रदेश सभामूख तुलाराम घर्ति, रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उपाकान्त चपाईं, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष, प्रदेश योजना आयोगका अध्यक्ष, महान्याधिवक्त्ता र प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु लगायतको सहभागीता रहेको भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीका अध्यक्ष रामजी प्रसाद ज्ञवालीले नेपाली चेलीलाइ जानकारी दिनु भयो ।