परासी । विषादी व्यवसायी संघ नेपाल नवलपरासीको प्रथम भेला तथा नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको दोश्रो अधिवेशन शनिवार परासीमा सम्पन्न भएको छ ।
विषादी व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेश सदस्य चन्द्र प्रकाश गुप्ताको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारको प्रमुख आतिथ्यमा संघको भेला सम्पन्न भएको हो । प्रदेश सभा सदस्य कलवारले “किसानका माग सरकारका तीन वटै निकायले सुन्नु पर्ने र किसानलाई देवता मानेर पुज्नु पर्ने बताउनु भयो ।” उहाँले व्यवसायीलाई गतल मल, विउ र गतल विषादी बेच्न र प्रयोग गर्न छोड्न आग्रह गर्नु भयो ।
उहाँले किसानलाई चाहिएको जल, मल र यान्त्रिकरण मध्ये कुनै पनि सुलभ तरिकाले उपलब्ध गराउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो । सभासद कलवारले किसानलाई आफ्नो माटो परिक्षणकालागि समेचत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा विउ व्यवसायीका केन्द्रीय सदस्य करुणा काफ्लेले आफूले विक्रि गरेको विउको उत्पादन भने अनुसार भएन भने सम्बन्धित व्यवसायीलेनै किसानलाई क्षतिपूर्ति दिनु भर्ने बनाउनु भयो ।
कार्यक्रममा विषादी व्यवसायी संघका केन्द्रीय सदस्य भानू पौडेलले संघीयता आएसंगै नियमनकारी निकायहरु धेरै भएकोले व्यवसायीलाई कारोबार गर्न झन्झट भएको बताउनु भयो ।
कार्यक्रममा नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैैथवार, कृषि ज्ञान केन्द्रका समिर मगर, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत सूर्य खड्का, सिएम फर्टिलाइजरका संचालक छोटेलाल अग्रहरी, नेपाल विउ व्यवसायी संघका जल्ला अध्यक्ष उमाशंकर चौधरी, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डे, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतम, हरिप्रसाद चापागाईं लगायतले बोल्दै उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्धित क्षेत्र भएकोले विउ, विषादी र मलको प्रयोगमा सचेत रहन व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
नेपाल बीउ व्यवसायी संघको दोश्रो अधिबेशन आज गरि सक्ने आयोजकले बताएका छन् ।
