डोल्मा चौधरी ।
नवलपरासी । बाँस निगोल तथा वेतबाट सजावट एवं हस्तकलाजन्य वस्तु उत्पादन सम्बन्धी १५ दिने तालिम सुनवल नगरपालिकाको भूमिमा हिजो शुक्रबार सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजनामा साथै सहयोगी संस्था सुपर डाइनेमिक ट्रेनिङ एन्ड एजुकेसनल प्रा.ली र स्वनिर्भर अभियान नेपाल नवलपरासीको मागमा तालिम \ सम्पन्न भएको हो ।
सुपर डाइनेमिक ट्रेनिङ एन्ड एजुकेसनल प्रा.ली बागबजार काठमाडौँको अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सदस्य खडक बस्नेतको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थीयो । सो अवसरमा प्रमुख अतिथि बस्नेतले महिलाहरुको सीप विकासका लागि राम्रो तालिम ल्याएको भन्दै आयोजकलाई धन्यवाद दिनुभएको थियो। उहाँले स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रिय बजारमा पुर्याउन स्थानिय तह, सघं, प्रदेश, सबै लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । संस्थालाई व्यवसायिक योजना बनाउन सके प्रदेश सरकारको तर्फबाट स्थानीय वस्तुहरूलाई बन्नको लागि आवश्यक पर्ने बजेटको व्यवस्था,तालिमको व्यवस्था लागि सहयोगी रहने प्रतिबद्धता उहाँले गर्नुभयो । साथै स्थानीय उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी आर्थिक विकास तालिम मार्फत प्रदेशभरि यस्ता किसिमको वस्तुहरूको पहिचान गर्ने पर्ने कुरामा जोड दिनुभएको थियो।
यस्तै रामग्राम नगरपालिकाकी नगर उपप्रमुख सम्झना चौधरीले महिलाहरूलाई व्यवसायीकरण गर्नका लागि कला र सिपको विकास सगैं संरक्षण र प्रवर्द्धन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले महिलाहरुको लागि अवसर धेरै रहेको स्वयं अवसरहरूको खोजी गरी नेत्रित्व र व्यक्तित्व विकास गर्दै आयस्रोतको बाटो अपनाउन सके महिला कहिले पछि नहुने बताउनु भयो ।
यसैगरी व्यापार तथा निकासी प्रबन्धन केन्द्र पुलचोक ललितपुरका वरिष्ठ अधिकृत नवराज मरहट्टाले देशलाई आर्थिक रूपमा मजबुत बनाउने हो भने स्थानीय स्तरमा रहेका कच्चा पदार्थहरूको सही प्रयोग र सीपको विकास गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । स्थानीय उत्पादन व्यापार व्यवसायमा लागू गर्न सकियो भने देशको आर्थिक अवस्था सुधार हुने र हरेक नागरिक स्वनिर्भर हुने बताउदै उहाँले आर्थिक अवस्था सुधारका लागि नागरिक स्वनिर्भर हुनु पर्नेकुरामा जोड दिनु भएको थियो । स्वदेशि उत्पादनलाई अन्तराट्रिय बजारीकरणको लागि पनि आफुहरु कामगरेको जानकारी समेत उहाँले दिनु भयो ।।
यसैगरी सोनिर्भर अभियान लुम्बिनी प्रदेश प्रमुख दुर्गा पाण्डेले स्थानीय स्तरमा कच्चापदार्थ बाट धेरै उत्पादनमूलक वस्तुहरू बनाउन सकिने भएकोले घरमा रहेका महिलाहरूको सीप विकास सँगै स्वनिर्भर बनाउन सकियो भने महिलाहरू कहिले पनि पिडित नहुने कुरा बताउनु भयो । साथै सिप विकासलाइ संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहले राम्रो रणनीतिका साथ पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
यस्तै कानुन अधिकारकर्मि अधिवक्ता सरस्वती शर्माले समाजमा महिला पछि पर्नुको मुख्य कारण महिलासँग आम्दानी नहुन बताउनु भयो । पैसा आउने काम गर्न नसक्दा महिलापछि परेको गुनासो गर्नुभएको थियो। जसको लागि महिलाहरुले सिपको विकास सँगै आत्मनिर्भर हुँदै जानुपर्ने कुरामा जोड दिनुभएको थियो ।
स्थानिय उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारमा पहुँचका लागि महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने तालिम गरिएको जसको प्रमुख प्रशिक्षक रजनी राई रहनुभएको थियो भने सहप्रशिक्षकमा अर्पना राई र रुपेश अधिकारी रहनु भएको थियो । तालिममा बाँस चिर्ने तरिका,भाइ मसाला थकिङ बास्केट, चम्चा काटा राख्ने बास्केट, फुलदानी बास्केट, माने डालो, पाथि डालो, गोलो बास्केट, पर्दा माला, डोको, सानो अण्डाकारको बास्केट, चिया छान्ने, नाङ्लो, सानो डस्टबिन, पेन स्ट्यान्ड, चियापानी राख्ने बट्टा र हाते पङ्खा लगायत सामग्रि बनाउन सिकेको सहभागि महिलाहरुले बताउनु भएको थियो ।
स्वर्निभर अभियान नवलप्रासीकी सदस्य गीता हरिजनको स्वागत मनत्वय रहेको निर्भर अभियान नवलपरासीकि सचिव डिपा भण्डारी वस्यालले जानकारी दिनुभयो