परासी । नवलपरासीमा एक महिनाको अवधिमा २ सय १६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस वक्तब्य अनुसार पौष महिनामा २ सय १६ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई तोकिएको कैद तथा जरिवाना असुल उपर गर्न नवलपरासी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । जरिवानाबाट प्रहरीले १८ लाख ६५ हजार ४४३ असुलउपर गरेको हो ।
गएको महिना कुटपिटको मुद्धामा पक्राउ पर्नेको संख्या ७१ जना, अंशवण्डाका २५ जना, सार्वजनिक अपराधका १७ जना, सवारी ज्यानका १३ जना, चोरी मुद्धाका १२ जना, लागूऔषधका ९ जना, बन पैदावारका ९ जना, लुटपिटका ८ जना, जालसाजीका ८ जना, जवरजस्ती करणी र अपराधका १।१ जना, कर्तव्य ज्यान मुद्धाका ३ जना, बैदेशिक रोजगार, नागरिकता सम्बन्धी १ जना, गालीबेइजेती सम्बन्धी मुद्धाका ६ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै अदालतको अवहेलना सम्बन्धी मुद्धाका ५ जना, करकाप सम्बन्धी मुद्धाका ६ जना, किर्ते सम्बन्धी १ जना, कुटपिट र अंगभंग सम्बन्धी २ जना, जग्गा खिचलो सम्बन्धी ३ जना, चेक अनादरका ६ जना र विगो सम्बन्धी मुद्धाका २ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै छुवाछुतका १ जना, दुनियावादी फौज्दारीका २ जना र कुनै पनि कसुर नखुलेका २ जना गरी २ सय १६ जनालाई जिल्ला प्रहरी कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डियसपी रेशम बोहराले जानकारी दिनु भयो ।