परासी । पश्चिम नवलपरासी लगायत देश भर मनाइने माघि पर्वले यतिखेर थारु समुदायमा विशेष रौनक लिएर आएको छ । राजधानीको टुडिखेल लगायत तराइका विभिन्न ठाउँमा मनाउने माघि महोत्सव वा थारु समुदायको नयाँ वर्ष (थारु सम्वत् २६४७ औं) को तयारी अन्तिम चरणमा पुगेको छ ।
नवलपरासीमा पनि थारु समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी मेला महोत्सवको तयारीलाई तिब्र बनाएका छन् । माघि (खिचडी) आउन अब १ दिन मात्र बाकि रहेको छ । नवलपरासीको विभिन्न पालिकाले माघि कार्यक्रमको आयोजना गरेका छन् । यसैवीच सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा माघि महोत्सवको तयारी पुरा भएको आयोजक संस्थाहरुले बताएका छन् ।
सरावल गाउपालिकाको वडा नं. २ मनरीमा हुने १८ औं माघी महोत्सव आज २९ गते देखि शुरु भएको आयोजक संस्था श्रीराम यूवा प्रतिष्ठानले बताएको छ । विगतका बर्षमा भन्दा यस बर्ष प्रतिष्ठानले विशेष आकर्षणका साथ माघि महोत्सवको आयोजना गरेको छ । आज १८ औँ माघि महोत्सवको उद्घाटन भएको महोत्सवका संयोजक चक्रमणि चौधरीले जानकारी दिनुभयो । कला, संस्कृति र पहिचानलाइ संरक्षण र प्रर्वधन गर्ने गरी विगत १७ वर्षदेखि श्रीराम यूवा प्रतिष्ठान मनरीले खिचडि महोत्सव गर्दै आएको छ । यस वर्ष भने थारु संस्कृति पार्कमा भव्यताको साथ गरेको हो ।
थारु सुदायका भाषा, कला, संस्कृति संरक्षणको लागि थारु कलाको प्रदर्शनी स्टलहरु, थारु सांस्कृतिक नाच, वडा स्तरिय भलिवल प्रतियोगिता, खुल्ला महिला ढकिया प्रतियोगिता, रक्तदान लगाएतका कार्यकम राखिएको अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ । आजदेखी शुरु भएको महोत्सव थारु समुदायको पारम्परीक कलस यात्राको साथ ग्राम देवता तथा प्रकृतिको पुजा सगैं उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन संसदिय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले उक्त महोत्सवको उदघाटन गर्नुभयो ।
सो अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय सचिव राजेश्वर ज्ञवाली, गण्डकी प्रदेश खेलकुद परीषद सदस्य एवं नेपाल भलिबल संघको केन्द्रीय सचिव श्रीधर शर्मा, जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, सरावल गाउपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरी, गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चौधरी, पुर्व उपाध्यक्ष उत्तमा राय, निर्मला प्रधान, वडा नं. १ का वडा अध्यक्ष विष्णु भट्टाई, वडा नं. २ का कार्यवाहक अध्यक्ष तुफानी लाल गुप्ता, ३ का अध्यक्ष फिङगी चौधरी, लगाएको सहभागिता थियो ।
महोत्सव २ गते सम्पन्न हुने आयोजक श्रीराम यूवा प्रतिष्ठानका सचिव उपेन्द्र चौधरीले जानकारी दिनु भयो ।