डोल्मा चौधरी
परासी । सत्य साई केन्द्र नवलपरासीले परासीमा कपडा बैङ्क सञ्चालन गरेको छ । केन्द्रले समुदायमा रहेका पिछडा वर्ग तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा कपडा वितरण गर्दै आइरहेको छ । विशेष गरी वृद्ध, असहाय, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुकालागि साइ कपडा बैङ्क स्थापना गरिएको सत्य साई केन्द्र नवलपरासीका अध्यक्ष उत्तम गिरिले बताउनु भयो ।
निवार्थ सेवा भाव राखेर कपडा बैंङ्क संचालन गरिएकोले थुपै सहयोगिहरुले सहयोग गरिरहेको अध्यक्ष गिरीले बताउनु भएको छ । उहाँले संकलन केन्द्रमा देशका विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको बताउनु भयो ।
कपडा बैंङ्कमा परासीका साई भक्तजनहरुको धेरै सहयोग रहेकोले यो पवित्र कार्यमा हातेमालो गर्न अध्यक्ष गिरीले सबैमा आग्रह गर्नु भएको छ । संस्थाले स्वार्थभन्दा माथि सेवा भन्ने भावका साथ काम गरिरहेको साथै हाल सम्म ३ सय भन्दा बढि परिवारलाई कपडा तथा ब्याङ्केट वितरण गरिएको छ । नवलपरासीको दश कठ्ठा धरम्पुर बस्ति, प्रतापपुर, सुस्ता, पाल्हिनन्दन तथा प्यूठान र रोल्पा लगायत क्षेत्रहरुमा पनि कपडा बैङ्कको कार्यलाई अगाडि बढाइएको कपडा बैङ्क संचालक समितिका संयोजक नवराज गिरीले बताउनु भयो ।
केन्द्रले स्वास्थ्य क्याम्प, आँखा शिविर, दन्त शिविर, प्रत्येक महिनामा १५ देखि २० जना परिवारको लागि राशन पानीको व्यवस्था गरिरहेको छ । यस्तै असहाय बालबालिकाहरुलाई विद्यालयको व्यवस्था गरिएको, निरन्तर रेडक्रसको सहकार्यमा रक्तदान जस्ता कार्यक्रम केन्द्रले सञ्चालन गरेको छ । केन्द्रको पहलमा जटिल रोगबाट थला परेका व्यक्तिलाई पनि सहयोग गरिएको छ । ५ जना मुटुका विरामीहरुको शल्यक्रियाकालागि केन्द्रले सहयोग गरेको अध्यक्ष गिरीले बताउनु भयो । यस्तै केन्द्रले सडकमा छाडा छोडिएका पशु चौपायाहरुको व्यवस्थापनमा पनि काम गरिएको केन्द्रले जनाएको छ ।