परासी । रामग्राम जेसीजको २३ औं बार्षिक साधारण सभा शनिवार परासीमा सम्पन्न भएको छ । रामग्राम जेसीज बर्ष २०२३ का अध्यक्ष बेनीमाधव वश्यालको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल) को प्रमुख आतिथ्यमा २३ औ साधारण सभा सम्पन्न भएको हो ।
संस्थाको २३ औं साधारण सभाको अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर वस्याल, नेपाल जेसीज बर्ष २०२४ का कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, बुटवल जेसीजका शाखा अध्यक्ष विक्रमजंग कुँवर, रामनगर जेसीजका अध्यक्ष कुश्माखर चापागाई, रामग्राम महिला जेसीजका अध्यक्ष जोगमाया चौधरी, जेसीजका पूर्व अध्यक्ष गिरीराज पाण्डे, रिंगला यादव, नागरिक समाजका अध्यक्ष राधेश्यामसिंह सैथवार लगायतले शुभकामना व्यक्त गर्नु भएको रामग्राम जेसीजका महासचिव विष्णु रावले जानकारी दिनु भयो ।
यसैबीच रामग्राम जेसीजको २४ औ शाखा अधिवेशन आजै सम्पन्न भएको छ । अधिवेशनबाट ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरिएको हो । रामग्राम जेसीज बर्ष २०२४ कालागि अध्यक्षमा मोहन पौडेल, २ कार्यकारीणी उपाध्यक्षमा सुनिलकुमार यादव, हेमन्त चौधरी त्यसैगरी ४ उपाध्यक्षमा श्रद्धासुमन आचार्य, रोशनीकुमारी अग्रहरी, उमेश कहाँर र डा. किरण गुप्ता चयन हुनु भएको छ । त्यस्तै सहसचिवमा व्रिन्देश हरिजन, सह कोषाध्यक्षमा हिमालचन्द्र अर्याल चयन हुनु भएको हो ।
यस्तै रामग्राम जेसीजको महासचिवमा मुकेश नारायण लोनिया, कोषाध्यक्षमा पुष्पा खनाल, र कानूनी सहल्लाहाकारमा विष्णुराज रावलाई नवनिर्वाचित अध्यक्ष पौडेलले मनोनित गर्नु भएको हो । जेसीजको विधान अनुसार यी तीन वटा पद अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।