डोल्मा चौधरी
परासी । नवलपरासीको सरावल गाउँपालिका २ मनरीको जनता माध्यमिक विद्यलयको प्राङ्गणमा हुदैँ आएको माघि (खिचडि) महोत्सव यस बर्ष थारु सांस्कृतिक पार्कमा हुने भएको छ । कला, संस्कृति र पहिचानलाइ संरक्षण र प्रर्वधन गर्ने गरी विगत १७ वर्षदेखि स्थानीय श्रीराम यूवा प्रतिष्ठान मनरीले खिचडि महोत्सव गर्दै आएको छ ।
यसवर्ष १८ औं खिचडि महोत्सव थारु सांस्कृति पार्कमा हुने प्रतिष्ठानका अध्यक्ष एवं महोत्सवका संयोजक चक्रमणि चौधरीले जानकारी दिनु भएको छ । प्रत्येक वर्ष हुँदै आएको महोत्सव ठाउँ साघुरो भएका कारण हालै मात्र निमार्ण सुरु भएको पार्कमा गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
विगतका वर्षहरुमा महोत्सवलाई लक्षित गरी गर्न नसकिएका क्रियाकलापहरु यस बर्ष गरिने भएको छ । मेला हुने ठाउँ सानो भएकोले व्यापारीहरु फर्केर जानु पर्ने बाध्यता थियो, भने दर्शकहरुको चाप पनि बढि हुने भएकाले समस्या हुँदै आएको तर यस बर्ष सबैं समस्याहरुको समाधान हुने संयोजक चौधरीले बताउनु भएको छ । थारु समुदायका बिभिन्न परिकार सगै व्यवस्थित स्टलको व्यवस्था हुने, बाल उद्यान, वडा स्तरीय भलिवल प्रतियोगिता तथा स्थानीय स्तरमा रहेका विभिन्न डान्स एकाडेमिहरुलाइ कला प्रदर्शनकोलागि प्रोत्साहन गरिने भएको छ । मनोरञ्जनकालागि चर्खाको व्यवस्था गरिने तथा थारु संस्कृति झल्किने पोषाक तथा कला प्रदर्शन गरने छ । थारु सांस्कृतिक पार्क प्रकृतिको सुन्दर्ताले भरिएको ठाउँ भएकोले दर्शकहरुलाई अवलोकन गर्न सजिलो हुने संयोजक चौधरीले बताउनु भयो । पार्कमा नदिसँगै ठूलो बगैचा रहेकोले रमणीय छ , त्यसैले थारुको पहिचान र कला प्रदर्शनकालागि पार्क प्रयाप्त हुने बताइएको छ । मनरीमा रहेको यूवा प्रतिस्ठानले विगत १७ वर्ष देखि नै थारु पहिचान , कलालाइ जग्रेना गर्दै आएको छ ।
सरावल गाउपालिकामा थारु समुदायको बढि जनसंख्या छ । साथै वडा नं. २ मा पनि थारुसमुदायको बाहुलयता भएको ठाउँ हो । यहाँका स्थानीय मनरीवासीले बर्षौदेखि वृक्षारोपण गरि संक्षरण गर्दै आएको जग्गामा थारु सांस्कृति पार्क निर्माण हुने भएको छ । जसले पर्यटकीय स्थलको विकासका लागि थप मद्दत गर्ने दावी गरिएको छ । सरावल गाउँपालिकाको आर्थिक सहयोगमा हुने महोत्सवको तयारी तिव्र पारिएको छ । सो स्थानमा थारु समुदायको पुरानो घर निर्माण भएकोले थारु समूदायको पुरानो पहिचान झल्किने समाग्रिहरुको स्टल रहने स्थानीय युवाले बताएका छन् । यस वर्ष आउदै गरेको खिचडि महोत्सव ३ दिन सम्म चल्ने बताइएको छ । यहि पुष २९ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने आयोजक श्रीराम युवा प्रतिष्ठानले जनाएको छ ।
थारु संस्कृति पार्क सरावल गाउँपालिकाको वडा नं. २, वडा कार्यालय जाने बाटोको पश्चिम पट्टि ३ सय मिटर अगाडि रहेको छ ।