काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी हुनु भएकाे छ ।
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी हुनु भएकाे हाे । गठबन्धन बनाएर चुनावमा उत्रिएका ढकाल अध्यक्षमा विजयी भए पनि अधिकाँस पदाधिकारी र संचालक भने नेकपा एमाले परिताेष प्यानलका छन् ।
ढकालले ११९६ मत ल्याई बिजयी हुँदा पौड्यालले भने १०१९ मत प्राप्त गर्नु भयाे । कुल २२४९ मत खसेको थियो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी विजयी हुनु भएकाे छ र
संघकाे महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा दीपक थापा निर्वाचित हुनु भएकाे छ । यस्तै संघकाे महिला सन्चालक तर्फ सिता ढकाल पौडेल , मन्दिरा मिश्र ,कमला देबी गिरि निर्वाचित हुनु भयाे । यसै गरि सातवटै प्रदेशमा प्रदेश संचालककाे रूपमा क्रमशः कोशी प्रदेश लक्ष्मी सापकोटा, मधेस प्रदेशमा शोभा कुमारी राउत, बागमती प्रदेशमा खेमराज सुबेदी, गण्डकी प्रदेशमा गोपालप्रसाद गौतम, लुम्बिनी प्रदेशमा ज्ञानु पौड्याल, कर्णाली प्रदेशमा बीरबहादुर भोटे, सुदुरपश्चिम प्रदेशमा दिप्ती शाही निर्वाचित हुनु भएकाे छ ।
यस्तै संघकाे ४ खुला सदस्यमा क्रमशः नबराज अर्याल, देव कुमार श्रेष्ठ , सुशील कुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित हुनु भएकाे हाे । यस्तै लेखा समिति समंयोजकमा इन्द्र राज ज्योति पौडेल, सदस्यमा हेमराज बिष्ट र दुर्गा तिवारी सन्जेल विजयी हुनु भएकाे छ ।