डोल्मा चौधरी
परासी । भगवान गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तुपमा मंगलबार विश्व शान्तिका लागि दिप प्रज्वलन गरिएको छ ।
लुम्बिनी विकास कोषको नेतृत्वमा, द प्रोमिस ल्यान्ड नामक संस्था तथा रामग्राम नगरपालिकाको आयोजनामा विश्व शान्तिका लागि दीप प्रज्वलन सगैँ रामग्राम क्षेत्रको विकासको दुर्गामि योजनाको शुभारम्भ प्रधान मन्त्रि पुष्पकमल दहाल प्रचण्ड द्वारा भएको छ ।
उक्त अवसरमा बोल्दै दहालले विश्व शान्तिका लागि रामग्राम स्तुपको विकास हुन जरुरी रहेको बताउनु भएको छ । मानव जातिले बुद्धका शिक्षा, दर्शन, औचित्य, आवस्यक्ता र महोत्वहरुलाई आत्मसात गर्नु पर्ने बताउर्दै २१ औ शताव्दिमा आएर शान्तिको महोत्व अझ बढन गएको बताउनु भयो । रामग्रामको पवित्र भुमिबाट विश्व समुदायलाइ शान्तिकामनाकालागि अपिल गर्दे प्रधान मन्त्रिले यूद्धबाट शान्ति आइसके पछि शान्तिको सन्देशलाइ विश्वभरि फैलानका लागि सर्माट अशोकाको सिधान्तलाइ आत्मासात गरेको बताउनु भयो ।
स्तुपमा दिप प्रज्वलनगर्दै प्रचण्डले गौतमबुद्धका शिक्षा र उपदेशलाई स्थापित गर्न सम्राट अशोकले खेलेको भूमिका निकै सम्मानजनक रहेको बताउनु भयो साथै आफुले पनि वुद्वको शिक्षा संसारमा लैजानेका लागि प्ररेणित भएको भन्दै रामग्रामको पवित्र भूमिबाट शान्तिका लागि विशेष अपील गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती ,लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा। ल्हारक्याल लामा खेन्पो छिमे),रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, भारतीय सत्तारुढ दल भाजपाका सांसद् राम माधव, आरक्टिेक्ट स्टेफानो रोय, पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्यरामग्राम बालकृष्ण, विदेशी स्टेफाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारी लगायतले बोल्नु भएको थियो । सो अवसरमा रामग्राम विकासको गुरुयोजना प्रस्तुत गरिएको थियो ।