परासी । पाल्हीनन्दनमा लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत लैङ्गिक समानता प्रबद्र्न सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ ।
सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा साे विषयमा प्यानल गत छलफल गरिएको हाे । समाजमा अझै पनि विद्यमान हिंसाका घटनाहरु घटिरहेका छन् । नेपालको कानूनमा लैङ्गिक हिंसालाई निराकरण गर्नकालागि कानून बनेको तर पूर्णरुपमा हिंसा नघटेको कानून अधिवक्ता सरस्वती शर्माले बताउनु भयो । उहाँले बर्तमान अवस्थामा लैङ्गिक हिंसाको अवस्था तथा हिंसालाई रोक्नकालागि कानूनमा रहेका प्रावधानकाे विषयमा सहजिकारण गर्नु भएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकि प्रमुख भिमा राना मगरले पाल्हीनन्दन गाउपालिकाबाट यस वर्ष हिंसा सम्बन्धी ५९ वटा उजुरी परेको बताउदै नवलपरासी जिल्लामै दोस्रो धेरै उजुरीरहेको पालिका पाल्हीनन्दन गाउँपालिका रहेको बताउनु भयो ।
त्यसै गरि सरावल गाउँपालिकाकी पुर्व उपाध्यक्ष उत्तमा रायले समाजमा भएको हिसांका घटनाहरुको बारेमा बताउदै हिसां अन्य गर्नकालागि सुरुवात आफैबाट गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि पाल्हीनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य अनामिका हरीजनले हिसां सम्बन्धी बिभिन्न कार्यक्रम पालिकाले गर्दै आएको बताउदै पहिले भन्दा अहिले हिंसा कम भएको बताउनु भयाे । यसै गरि सहभागिहरुले शिक्षाको कमिले गर्दा पहिले घरबाट बाहिर जान रोक थियो विस्तारै चेतना बढदै गएपछि हिसांहरु केहि हदसम्म कमभएको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष सकिना फातिमा अन्सारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षता कार्यपालिका सदस्य हरीजनको रहेको सुनवल सामुदायिक विकास केन्द्रकी लैङ्गिक समानता परियोजनाको संयोजक ज्योति सिंह रायले जानकारी दिनु भयो ।
कार्यक्रममा प्यानल गत छलफलमा सहजिकारण पत्रकार डोल्मा चोधरीले गर्नु भएको थीयो ।