सुनवल सामुदायिक विकास केन्द्रद्वारा आयोजित पाल्हीनन्दन गाउँपालिकामा आज ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।
"दिगो विकासको लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएको व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्याबद्धता नाराका साथ अपाङ्गता अधिकार" कार्यन्वयनका लागि सरोकारवालाहरुको बीच अन्तरक्रिया गरिएको छ । गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले समाजमा भएको विभेदलाई अन्तगर्नका लागि परिवारको साथ सहयोगको अहम भूमिका हुने भएकोले अभिभावकबाट माया ममताका साथै सम्मान जनक व्यवहार हुनु पर्ने बताउनु भयो । उहाँले फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुको स्तरउन्नती उकास्नकालागि पालिकाले विशेष किसिमको कार्यक्रम तथा बजेट विनियोजन गर्नु पर्ने सुझाव दिदै आग्रह गर्नु भयो ।
यस्तै पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाई रहँदा जिल्ला तथा पालिकामा अपाङ्गताको डाटा नरहेको गुनासो गर्दे अगामी दिनहरुमा यस्ता डाटा निकाल्न आग्रह् गर्नु भएको थियो । साथै अपाङ्गता भएकाहरुको विकासका लागि सरोकारवालाहरुलाई घचघच्याइ रहनको लागि संचार क्षेत्रले पनि अहभ भूमिका निर्वाह गनुृ पर्ने जोड दिनु भयो ।
सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित अपाङ्गता समाबेशि विकास परियोजनका संयोजक श्यामसुन्दर ढुङ्गगानाले अपाङ्गता विषयमा सहिजिकराण गर्नु भएको थियो । सो अवसरमा उपाध्यक्ष सकिना फातिमा खातुन अन्सारी, सामुदायिक रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम, पत्रकार रमेश चौहान, सैलेन्द्र हसानि लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्र द्वारा अपाङ्गता प्रति भएगरेको विभेदहरुको समाजका यर्थात चित्रण कोरीएको सडक नाटक प्रस्तुत गरिएको थियो ।