बर्दघाट । नवलपरासीको प्रतापपुरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतापपुर गाउँ पालिका स्तरीय बाल संजाल नवलपरासीको आयोजना तथा इन्द्रेणी सामाजिक बिकास मंच र युनाईटेड मिसन टु नेपाल द्वारा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।
“छोरी बचाउ, छोरी पढाउ” भन्ने बिषयमा भएको प्रतियोगितामा प्रतापपुर गाउँ पालिका भित्रका १५ आधारभुत तह र ७ माध्यमिक विद्यालय तहको सहभागिता रहेको थियो ।
माबि तर्फ गणेश मा.वि की आकृती कुर्मी प्रथम, त्रिभुवन मा.वि का छात्रा पुजा गुप्ता द्धितीय र आदर्श मा वि कि छात्रा निर्मलाकुमारी चौधरी तृतीय हुनु भएको छ ।
यस्तै आधारभुत तह तर्फ ब्रम्हाबाबा मा.विका छात्रा नेत्रकुमारी चौधरी प्रथम, त्रिभुवन मा विका छात्रा चन्द्रकला कोइरी द्धितीय र डम्बर बहादुर मा विका छात्र राज गुप्ता तृतीय हुन भएकोे बाल अधिकार परियोजना संयोजक बिणा चौधरीले जानकारी दिनु भयो । पालिका स्तरीय बाल संजालका अध्यक्ष बिश्वानन्द यादवको अध्यक्षता र प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रतापपुर ९ का वडा अध्यक्ष जयकिसुन चौधरी, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारद ठाकुर, गणेश मा.विका प्रधानाध्यापक दिलिप शर्मा, बाल अधिकार समिति सदस्य अदिती सिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो प्रतियोगिताको निर्णायकर्ता इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्रीप्रसाद सुवेदी, शिवपुर मा.विका प्रधानाध्यापक अदमबहादुर थापा र त्रिभुवन मा विका शिक्षक हेमकुमारी चौधरी रहनु भएकोे संजालका सदस्य श्रीधर बस्यालले जानकारी दिनु भयो ।