परासी । नवलपरासीमा नवौं उद्योग दिवसको अवसरमा आज जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । जिल्लाका सातै स्थानीय पालिकाका लघु, घरेलु तथा साना उद्यमीहरुको उपस्थितिमा नवौं उद्योग दिवस मनाइएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका सभासद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरी उद्योग दिवस मनाइएको हो । सो अवसरमा सभासद कलवारले जिल्लाका पालिकाहरुले उद्यमशीलताको विकासमा खासै काम गर्न नसकेको बताउनु भयो । सभासद कलवारले आफूपनि एक किसान भएको बताउँदै सवै किसानमा माथि नै निर्भर रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगौती यादवले उद्यमशिलताको विकासकालागि सातै वटा पालिकाका प्रमुखहरुसँग नियमित छलफल भइरहेको बताउनु भयो । यस्तै नवलपरासी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले प्रविधिको प्रयोग गरी उत्पादन र सामाजिक संजाल र आमसंचार माध्यमको प्रयोग गरी बजारीकरणमा जोडदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मेघराज गौतम, उद्योग वाणिज्य संघ नवलपरासीका वाणिज्य उपाध्यक्ष राजेश गुप्त, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले स्थानीय उत्पादन र बजारीकरणमा जोड दिन आग्रह गर्नु भएको छ ।
यस्तै कार्यक्रममा जिल्लाका सफल उद्यमीहरुले पनि आफ्नो अनुभव राखेका थिए । वर्दघाटमा सहकारीद्धारा झोला उत्पादन गर्दै आउनु भएकी देवी पौडेल, सुस्तामा पटेर उद्योग संचालन गर्दै आउनु भएकी किसुन कुमारी चौधरी र रामग्राम नगरपालिकामा किसान आइसिटी संचालन गर्दै आउनु भएका देवेन्द्र चौधरीले आफ्नो उद्यमको बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले आ.व २०७८।०७९मा उद्योग दर्ता एक हजार चार सय ५ रहेको आ.ब २०७८।७९ मा दर्ता भएका उद्योग सख्या भन्दा २०७९।८० मा आठ सय ७८ ले कमि भएको भन्दै ६२.४९ प्रतिशतले कमी आएकोे बताउनु भयो ।
उहाँका अनुसार २०७८।०७९ मा बाणिज्य तर्फ दर्ता सख्या एक हजार ८० वटा रहेको २०७८।०७९ मा दर्ता भएका बाािण्ज्य फर्म दर्ता सख्या भन्दा २०७८।०७९ मा दर्ता सख्या पाँच सय ७८ ले कमी आएको जुन ५३.५१ प्रतिशत रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्लाका उद्यमीहरुले उत्पादन गरेका घरेलु सामाग्रीहरुको स्टल पनि राखिएको उद्योग कार्यालयका नविन वस्याल र कृष्ण काफ्लेले जानकारी दिनु भयो ।