कार्तिक २७ गते, भूमही । साहित्य परिषद्, नवलपरासीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ । मोतीलाल बहुमुखी क्याम्पसमा परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्रष्टाहरूले आआफ्ना रचनामा महाकविलाई सम्झँदै देश दुखेको, युवाहरू बेरोजगारीको पीडाले बाध्य भई विदेश पस्नुपरेको, सरकार जनभावना विपरीत सञ्चालन भएको, बेरोजगारीको कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको, भ्रमको खेती धेरै नचल्ने जस्ता मार्मिक भाव समेटिएका गीत, गजल, मुक्तक, कविता प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली साहित्यको श्रीवृद्धिमा महाकवि देवकोटाको योगदान सम्बन्धी समीक्षात्मक विचार समालोचक अर्जुन पाण्डेयले गर्नुभएको थियो ।
कार्यक्रममा डा. हरिप्रसाद घिमिरे, भविश्वर पराजुली, युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटा, गणेश न्यौपाने, तिलक भट्टराई अन्जान, अशोक श्रेष्ठ, छविकला तिवारी, विश्वजित गुप्ता, यामजित मल्ल बालस्रष्टा ओजश्वी भट्टराई, आरुसी पाण्डेय लगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नु भएको परिषद्का कोषाध्यक्ष तिलक भट्टराई अन्जानले गर्नुभएको थियो ।