डोल्मा चौधरी,
आज गौउर पर्व पश्चिम नवलपरासिको थारु समुदायका महिलाहरुले मनाउदै छन् । थारु समुदायले मनाउने विभिन्न पर्वहरूमध्यको एक विशेष पर्व गौउर पनि हो । यो पर्व हरेक वर्ष दशै पुर्णिमा पछिको चतुरर्थिको दिन मनाइने गरिएको छ । यस वर्ष भने आज बुधबारको दिन परेको छ । छिमेकि राष्ट्र भारतमा पनि करवा चौथको नामले आफ्नो छुटै संकार अनुसार पर्वलाइ मनाउने गरेको एउटा प्रचलित्त भारतको राष्ट्रिय पर्ब पनि हो ।
थारु समुदायमा गौउर असोज महिनाको कृष्ण पक्ष चतुर्थीको दिन मनाईने गरिन्छ । विवाहित महिलाहरुले श्रिमानको दीर्घायुको कामनाकालागि वर्त बस्ने गर्दछन । अविवाहित महिलाहरु सुन्दर सुसिल पति प्राप्तीको लागि व्रत बस्ने गरिएको थारु महिला सभाकी पुर्व केन्द्रिय सदस्य मन्जु चौधरीले बताउनु भयो ।
उहाका अनुसार चतुर्थीको अघिल्लो दिन तृतियाको दिनमा स्नान गरेर खाना खाने र राती दर खाने चलन रहेको छ । दर खादा मुख्य रुपमा नयाँ चामल, अन्नदीको भात खाने गरिन्छ, जसलाई थारु समुदायमा चिचर अथवा चेचिको नामले पनि चिनिन्छन् । यसको साथमा दूध तथा आवस्यकता अनुसार घरमा जेजति खाने कुरो जुटछ त्यो तृतियाको दिन मध्यरातमा खाने चलन रहेको छ ।
चतुर्थिको दिन दिनभरी केहि अथवा पानीपनि नखाईकन उपवास बस्ने गरिन्छ र दिउसोमा उत्साह पुर्वक चामलको पिठोबाट बिभिन्न प्रकारको ढिकरी बनाउने गरिन्छ । उक्त दिन पोखरी, नदि, खोलामा माछा मार्ने चलन रहेको छ । बेलुकी चन्द्रमालाई दर्शन गरेर पुजापाठ गरि मात्र केहि खाने गरिन्छ । चन्द्रमाको पुजा गर्दा विशेष गरेर चामलको पिठो बाट चन्द्रमा र ढिकरी बनाईन्नछ जुन पहिले चन्द्रमा लाई चढाईन्छ । साथै सोही पिठो बाट चौक पुरीन्छ । गाईको गोबरबाट गौरी बनाउने चलन रहेको छ । पिठोबाट बनेको आकर्षण रङले रंगाएर चरा बनाई सो कलश सजाइने गरिन्छ । चामलको नयाँ पिठो बाट चन्द्रमा बनाई बिशेष मन्त्र वा बिधिको साथ चाँदिको कुनैपनि गहना हातमालिइ एक जना महिलाद्वारा मन्त्र वाचन गदै पुजा सम्पन्न गरिन्छ। यस दिन बाट वर्ष भरि ढिकरी खान सुरु गरिन्छ भन्ने मान्यता रहेको चौधरीले बताउनु हुन्छ ।
पुजा गरेपछि मात्र वर्तालु महिलाहरुले माछा र चामलको पिठो बाट बनाइएको परिकारहरु खाने चलन रहेको छ । पन्चिमीको दिन विहान स्नान गरेर पुजा गरेपछि वर्त पुराहुने मान्यता रहेको उहाले बताउनु भयो ।
गौउर बदलिदो समय अनुसार लोपोन्मुख अवस्थामा रहेको तथा मनाउने संसकारमा विकृति फैलदै गएको बर्दघाट नगरपालिका वडा नं ११ का वडा अध्यक्ष फणिन्द्र चौधरीले बताउनु हुन्छ । पर्वलाइ जगेर्ना गर्ने उदेश्यले बर्दघाट नगरपालिका वडा नं. ११ गैडहवामा प्रत्येक वर्ष सांस्कृतिक कार्यकमगरी मनाउने गरिएको अध्यक्ष चौधरीले जानकारी समेत दिनु भयो ।