थारु आयोग द्वारा पश्चिम नवलपरासीमा शुक्रबार जनगरणनाको विश्लेषण तथा सामावेशीता सम्बन्धमा छलफल अन्तरक्रिया कार्यक्रम भएको छ ।
उक्त कार्यक्रम आर्दश मावि खोकरपुरामा भएको हो । कार्यक्रममा थारु आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीले नेपालमा थारुको अवस्थाको बारेमा कार्यपत्र प्रसस्तु गर्नु भएको थियो । जसमा राष्ट्रिय जनगणन २०७८ अनुसार नेपालमा थारु जाति कुल जनसख्याको ६.४९ प्रतिसत रहेका जम्मा १८ लाख ७ हजार १सय २४ रहेका छन् । कुल पुरुष संख्या ८ लाख ८० हजार ५ सय १३ रहेको छ, भने कुल महिलाको संख्या ९ लाख २६ हजार ६ सय ११ रहेको छ ।
हाल कोशी प्रदेशमा २०,९,५१९ थारुहरुको जनसख्या रहेको छ । मधेश प्रदेशमा ३०,१०३८ रहेको छ । बाग्मती प्रदेशमा १,१०,२८४ रहेको छ । यस्तै गण्डकी प्रदेशमा ४७,६१९ रहेको ,लुम्बिनी प्रदेशमा ७,३२,०६९ रहेको छ । यसैगरी कर्णाली प्रदेशमा ८,७७३ रहेको र सुदुरपश्चि प्रदेशमा ३,९७,८२२ रहेको छ । सबै भन्दा धरै लुम्बिनी र थारै कर्णाली प्रदेशमा रहका छन् । लुम्बिनी प्रदेशमा बढि जनसख्या भएको १० वटा जातजातिहरु मध्ये राष्ट्रिय जनगणन २०७८ अनुसार सबै भन्दा धरै मगरको रहेको छ भने दोस्रोमा थारु रहेका छन् ।
राष्ट्रिय जनगरणना २०७८ अनुसार कुल जनसंख्या नवलपरासीमा ३ लाख ८६ हजार, ८ सय ६८ रहेको छ । १० धरै जनसंख्या भएको जातिहरुमा थारु जाति पहिलो धेरै १७.६५ प्रतिशत रहेको, जम्मा ६८ हजार २ सय ६५ रहेका छन् । दोस्रोमा ब्राह्मण हिल ११.३१ प्रतिशत रहेको जम्मा ४३ हजार ७सय ५८ रहेको , तेस्रोमा चमार\ हरीजन \राम रहेका ७.२२ प्रतिशत रहेको जम्मा २७ हजार ९ सय ४१ रहेको छ । चौथोमा मगर जातिको ७.१२ प्रतिशत रहेको जम्मा २७ हजार ५ सय ४३ रहेको छ । पाचौँमा मुसलमान जाति ६.६८ प्रतिशत रहेका जम्मा २५ हजार ८ सय ६२ रहेका छन् । छौठौँमा यादव ५.५२ प्रतिशत रहेको २१ हजार ३ सय ४८ हरेका छन् । सातौँमा क्षेत्री ४.६३ प्रतिशत रहेका जम्मा १७ हजार ९ सय १९ रहेका छन् । आठौँमा केवट ३.५५ प्रतिशत रहेका जम्मा १३ हजार ७ सय १७ रहेका छन् । नौँ मा तेली ३.३३ प्रतिशत रहेका जम्मा १२ हजार ७१ दशौँमा तेली ३.१४ प्रतिशत लगाएत अन्य रहेका छन्
नवलपरासीको सात स्थानिय तहमा २०७८ सालको जनगणना अनुसार थारुको जनसंख्या बर्दघाट नगरपालिकामा १४,१३६, सुनवल नगरपालिकामा ८,०८८,रामग्रममा नगरपालिकामा १३,९२२, पाल्हिनन्दन गाउँपालिकामा १,९५५, सरावलमा १३९०४, प्रतापपुरमा ८८५६, सुस्ता गाउँपालिकामा ७०१९ रहेको थारु आयोगको प्रतिबेदन प्रस्तुगर्दै डा. चौधरीले जानकारी गराउनु भयो । साथै संविधानले अधिकार दिए पनि थारुहरुको जनसंख्या अनुसार सामावेशीता नरहेको गुनासो गर्नु भएको थियो ।
यस्तै थारुहरुको विषयमा चिन्तन गर्दै पुर्व शिक्षा राज्यमन्त्रि गोविन्द चौधरी, सरावल गाउँपालिका पुर्व उपाध्यक्ष उत्तमा राय, समाजसेवि जगदिश चौधरी, लोसपाका केन्द्रिय सदस्य पुरन चौधरी ,नागरिक उन्मुक्ति पार्टिका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, जनमत पार्टिका केन्द्रिय सदस्य बालगोविन्द चौधरी, थाकसका केन्द्रिय पार्षद जितराम पजिंयार, देवराज चौधरी, सुर्यमान चौधरी, थाकस जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी, महिला सभाका पुर्व केद्रिय सदस्य मन्जु चौधरी लगाएतले बोल्नु भएको थीयो । कार्यक्रमा स्वागत मनतव्य आयोगका क्रमचारी विनिता चौधरीको रहेको थियोे ।