आज शनिवार नवरात्रको सातौ दिन दुर्गाको सातौं स्वरुपको कालरात्री आजदेखि विधि अनुसार अगुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन असोज २८ गते आइतवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन सोमवार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो । भने छैठौदिन कात्यायनी देवीको पुजा आराधना गरिएको हो ।
यसैवीच देशभरका शक्तिपिठहरुमा आज फूतपाती भित्त्र्याउने कार्यक्रम गरिदै छ । पश्चिम नवलपरासीको पाल्ही भगवती मन्दिरमा नेपाली सेनाको गोरखदल गणले परासीबाट पाल्हीकोटकी मन्दिरमा फुलपाति भित्त्र्याउने कार्यक्रम रहेको छ । फूलपाती भित्त्र्याउने कार्यक्रमलाई मध्येनजर गरेर शुक्रवार मन्दिर परिसर सरसफाई गरिएको थियो ।