पालिकाले नयाँ भौतिक संरचना बनाउँदा अनिवार्य रुपमा अपाङ्गता मैत्री संरचना वनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यस्तै गाउँपालिकाले सम्पन्न गर्ने कार्यक्रम पनि अपाङ्गता मैत्री हुनु पर्नेमा जाेड दिइएकाे छ । नवलपरासीका पाल्हीनन्दन र प्रतापुर गाउँपालिकाका सरोकारवालाहरुको उपस्थितिमा २ दिने अपाङ्गता समावेशीकरण तथा अधिकार सम्बन्धी गरिएको अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।
युनाइटेड मिसन टु नेपाल र सुनवल सामुदायिक बिकास केन्द्रको साझेदारीमा संचालित अपाङ्गता समाबेसी बिकास परियोजनाका विषयमा छलफल गरिएको हो । छलफल हिंजो र बुधबार आज गरिएको आयोजक संस्था सुनवल सामुदायिक विकास केन्द्रले जनाएको छ । कार्यक्रम पाल्हिनन्दन गाउँ पालिकाकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) को अध्यक्षतामा शुरु भएको थियो भने बुधवार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
सो कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रका सचिब तथा परियोजनाको फोकल पर्सन जयराम बस्याल, प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मन कुमारी चौधरी, पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारी लगायतले सो कार्यक्रममा अपाङ्गता मैत्री अभियानमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रसासकिय अधिकृत, पालिकाको शिक्षा तथा स्वास्थ्य शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालय महेसपुरका प्रा ना उ तथा पालिका स्तरीय अपाङ्गता समन्वय समितिको सदस्यको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देबीदत्त आचार्यले गर्नु भएको थियो । अध्यक्ष आचार्यले अपाङ्गता परिचय पत्र र यसका व्यवस्था तथा चुनौती, सरकारले गरेको व्यवस्था बमोजिम अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा तथा सुविधाहरु र सो पहुँचका बारेमा प्रस्तुती गर्नुभएको थियो । यस्तै अपाङ्गता भएका व्यक्तिको काम, कर्तब्य र पालिकाको भूमिका, निर्माण प्रक्रिया लगाएतका बिषयमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमलाई अपाङ्गता समाबेसी बिकास परियोजनाको समाबेसी तथा पुनर्स्थापना संयोजक राधा तिमिल्सिनाले संचालन गर्नुभएको डिआइडि परियोजनाका संयोजक श्यामसुन्दर ढुँङ्गानाले जानकारी दिनु भयो ।