पश्चिम नवलपरासीमा बसोबास गर्ने थारु समुदायले आज बडकी अतवार पर्व हर्सोउल्लास पूर्वक मनाइरहेका छन् । यस पर्वलाई परिवारीक सुख शान्ति, र सामाजिक समृद्धि प्राप्त गर्ने पर्वको रुपमा मनाउने गरिइएको जनसमुदायमा विश्वास रहेको छ । विशेष गरी थारु समुदायमा बडकी अतवार ब्रत सुर्य उपासनाको रुपमा मनाइरन्छ ।
थारु अगुवा एवं जनजाति कल्याण आश्रमको पुर्व महामन्त्री जितराम पंजीयारले थारुहरुले सुर्यलाई जिवन जगतको जागृत प्राकृतिक देवको रुपमा मान्ने हुदा मध्यभागि बिचारधारामा आवद्ध बडकी अतवार एक दिवसीय पर्वको रुपमा मनाउने चलन रहेको उहाँले बताउनु भयो । यस समुदायले सुर्यको जन्म भदौ महिनाको आइतबारको दिन भएको विश्वास गर्दछन् । उक्त दिनलाई बडिकी अतवार भन्ने गरिएको उहाँले बताउनु भयो । सुर्यको जन्म पछि यो संसार उज्यालो भएको हो । त्यसैले शास्त्रमा पनि ज्योतिमय भाव भएको दिनलाई वर्तको रुपमा मनाइने चलन भएको धारण समुदायमा छ । महिला र पुरुष सबैले व्रत बस्नसक्ने बताइएको छ । यो पर्वप्रति ठाउँ परिवेश आनुसार विविधता रहेको छ । यस विषयमा विभिन्न धारणा रहेको पंजियारले बताउनु भयो । ऐतिहासीक धार्मिक, सामाजिक पृष्ठभुमिबारे अनेकौ धारणाहरु रहेका अहिलेको सामजिक समाजेशिताले विभिन्न जातजातिको पर्वहरुलाई स्वीकारी रहेकोले एक अर्काको कला संस्कृतिलाई अंगीकार गरेको हुदा पर्व मनाउने प्रकृयामा भिन्नता आएको बताइएको छ ।‘अत्वारी’ थारु समाजमा कहिलेदेखि शुरुभयो भन्ने एकिन तथ्य छैन । त्यस कारण कुन तिथी मितीमा मान्ने भन्ने कुरा बहसको विषय भएको छ ।
नवलपरासी लगाएत पश्चिममा कुसे औसीको पहिलो आइतबार लाई अतवारी अथवा बडकी अतवार भनिन्छ भन्ने केही थारु समुदायमा हरितालिका तिज पछिको आउने पहिलो आईतबारलाई अतवारी भन्ने चलन रहेको छ । भारतको विहार प्रदेश पश्चिम चम्पारण जिल्लामा भाद्रपद शुक्ल पक्षको अन्तीम आइतबारलाई अतवारी मान्ने चलन छ । महिनाको अन्तिम आइतबार भएकोले त्यहा यसलाई बुढवा अतवार भन्दछन् ।
यो पर्व श्रीमदभागवत पुराण एवं महाभारत कथासंग पनि जोडिएको बताइएको छ । महाभारतमा यूद्धको बेला महाबली भिमले रोटि पकाउदै थिए र यूद्ध चलेको थियो साथै यूद्धमा उहाको आगमन जरुरी भएपछि उहाँ रोटि पकाउने तावामा रोटी छोडेर गएपछि यूद्ध जितेर फर्किदा रोटि एक तिरबाट पाकिसकेको सोहि रोटि खाएर भोक टारर्नु भयो । तब देखिनै अतवारी पर्वमा एकै तिरबाट रोटि पकाउने चलन रहेको र रोटि खानले शरिरलाइ बलियो, स्वस्थ र निरोगि बनाउने जनसमुदायमा विश्वास रहेको छ ।
यसरी रोटि पकाउने,चढाउने, पुज्ने परम्परा हाल सम्म याथावत छ । यस दिन अनेक किसीमका परिकार बनाइ शनिबार अथवा आईतबारको पाहिलो दिनमा दर खाने चलन छ । त्यहाँ पुरानो आगोलाई सम्मापत पारी नयाँ आगोमा परिकारहरु बनाइन्छ । ब्रतालुहरु नुहाई धुवाई शुद्ध भएर अतवारी व्रत बसी गाईको गोबरले पुजास्थान लिप्ने र चुलोमा नयाँ आगो बाली सुर्यको प्रतिकलाइ रोटि बनाइ पकाउछन् भन्ने अनिवार्य हुन्छ ।
परीवारजनहरु फलफुल,धुप,दिप लिई पिर्कामा बसी दिउसोको बेलामा फलाहार गर्दछन् खानु भन्दा पहिले सुर्यलाइ अगीयारी वा आगो दिने चलन छ । आफ्नो सम्पुर्ण परिवारलाई सहभागि गराई आगोमा होम कार्य गरिन्छ । फलाहार अतवारी पर्वको अन्तीम कार्यहो ।
त्यसपछि छोरी चेली एव अन्य नातेदारहरुलाई सोमबार पुर्न नुहाई धुवाई गरि पाहुर अथवा (कोसेली) दिने चलन छ । कोसेली पुर्याउन जादा दाजु भाई, दिदी बहिनीले आफ्नो दुख सुखका कुरा खुलेर गर्ने अवसर पाउदछन् यसले यस पर्वले स्नेह, बन्धुत्वको पनि सन्देश दिने बताइएको छ । एक आपसमा आत्मीयक्ता र पारिवारीक सम्बन्ध सुमुधुर बनाउने पर्वको रुपमा पनि लिएको छ ।
यसरी सौर्य उर्जाको खानी, जीवन जगतका जिवन प्रदाता जागृत देवताको रुपमा प्रतिष्ठापीत सुर्य उपासनको पर्व बडकी अतवार अथवा अतवारी लाई समयानुकुल परिमार्जन गर्दै आफ्नो शक्ति र मौलिक्तामा सबको कल्याणहोस भनि अतवारी मनाउने पर्व सार्थक हुने जितराम पंजीयारले भन्नु भयो ।
प्रकृतिप्रति विश्वास गर्ने थारु समुदायमा प्रकृतिको संस्कार अनुरुपका प्रर्व उत्सव,आस्था, धर्म एवं जीवन दर्शन झल्काउने पर्वहरु अनेक छन् ऋतु अनुसार ग्रह नक्षत्राढीको अवस्था हेरी थारु पुर्वजहरुले पर्वहरुलाई थारु संस्कारमा जोडेको देखिन्छ, जो समृद्ध संस्कृतिको व्याख्यामा थारु संकृतिको विकसीत भएको छ ।