न त स्थानिय सरकारसगँको सहयोग न त कुनै संघसंस्थाबाट पहल नै बर्षऔंदेखि आफ्नै लगानीमा पारिवारिक जीवन उकास्दै आएका ६५ वर्षिय एक दम्पिति दाम्चि माया र रामबहादुर तामाङ्ग । स्थानिय उत्पादनको प्रयोग गरी स्वदेशमै जिविको पार्जन गर्दे सुखद जीवन बिताउन कस्को चाहना नहोला । त्यति मात्र कहाँ हो र आफ्नो जिविका संगै अन्य उद्यमशिल व्यक्तिलाई पनि आम्दानिको बलियो स्रोत बनाइ दिएका छन ति दम्पति परिवारले । स्थानीय स्तरमै पाइने कच्चा पदार्थको प्रयोग गरी घरेलु सामाग्री उत्पादन गरेर देशका विभिन्न ठाउँमा कारोबार गर्दै छिमेकी देश भारतमा समेत आफ्नो व्यापार विस्तार रहेको बताउनु हुन्छ दम्पत्ती परिवार...............
पश्चिम नवलपरासीको बर्दघाट १५ होसन्ना टोलमा बस्ने एक दम्पत्तीले विगत ३० वर्षदेखि बनमा आधारित बाँसबाट घरेलु सामान उत्पादन गरेर मनज्ञ आम्दानी गर्दै आएका छन् । हातमा सीप छ, स्थानीय कच्चा पदार्थ पाइन्छ केही न केही त गर्नै पर्यो ६० वर्षिय दम्पत्ती दाम्चि माया तामाङ्गले भन्नु भयो । हातमा सीप भएको सो दम्पत्तीले वनमा आधारित कच्चा पदार्थ, बाँसबाट निर्माण हुने सामाग्री भकारी, डोको, डालो, सुपो, मान्द्रो, मुडा, चकटी निर्माण गर्दै आइरहनु भएको छ । जिल्लाको विभिन्न स्थानबाट बर्षभरी पुग्ने वाँस ल्याउने गरेको र सोहीबाँसबाट हस्तकलामा आधारित विभिन्न सामाग्री निर्माण गर्ने गरेका छन् । दम्पितीले आफू मात्र नभई स्थानीय अन्य उद्यमीहरुलाई पनि सो उद्योगमा काम लगाई जिविको पार्जनको सहज श्रोत वनाई दिएका छन् । हाल सो उद्योगमा महिला १ जना सहित ५ जना कार्यरत छन् ।
स्वदेशी कच्चा पदार्थको प्रयोग गरी घरेलु सामाग्री उत्पादन गरी विक्री गर्ने गरेको तामाङ्ग दम्पत्तीको भनाई छ । उहाँहरुका अनुसार महिनामा १०।२० हजार आम्दानी हुने गर्दछ जसले गर्दा घर खर्च चलाउन एकदमै सजिलो भएको छ । मायाका श्रीमान् रामबहादुरले आफूहरुले उत्पादन गरेको सामाग्री नेपालका विभिन्न वजार तथा भारतमा समेत लिइ जाने गरेको खर्च कटाएर बर्षको ५ लाख जति आम्दानी हुने गरेको बताउनु हुन्छ ।
“विगत ३० बर्षदेखि सो उद्योग संचालनमा छ, कहि कतै आफ्नो लघु उद्यमलाई सहयोग प्राप्त नरहेको रामबहादुरले भन्नु हुन्छ । सोहि उद्योगमा काम गर्ने सागर गुरुङ्गले आफुले बाँस चिर्ने कामगर्दै आएको बताउनु हुन्छ । एक मुठि बाँस चिरे वापत एक सय ज्याला पाउँछु दिनभरमा पाँच सय जति हुन्छ, घरमा चुल्लोबाल्न पुगेको छ उहाँले हास्दै भन्नु भयो । गुरुङ्ग जस्तै अन्य ४ जनाले पनि दैनिक उद्यम गर्दै आएकाछन् । हातमा सिप हुने र उत्पादित वस्तुले बजार पाउने हो भने लाखौं खर्च गरेर विदेशमा पसिना वगाउन जानै पर्दैन । यस्ता उद्यमी र उद्योगको प्रवद्र्धन स्थानीय सरकारले गर्ने हो भने कच्चा पदार्थको प्रयोगसँगै आय आर्जनको बाटो खुल्दै जाने सो उद्योगमा कार्यरत उद्यमीहरुले वताएका छन् ।