नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनु भएको छ । अध्यक्ष कंडेलले प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै विजयी हुनु भएको हो ।
विजयी कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गर्नु भएको छ । पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।
सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनु भएको छ भने महिला उपसचिवमा लिला राना विजयी हुनु भयो ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनु भएको छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएका थिएनन ।
यता पश्चिम नवलपरासीबाट पूण्यप्रसाद पौडेल, एकदेव पाण्डे, सूर्य न्यौपाने, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, वास्मती हरिजन, फूलकुमारी गिरी, माया पौडेल, सरस्वती सुवेदी, विरेन्द्र यादव, देवराज चौधरी, रामु भण्डारी, तुलसी पासी र धनवहादुर गुरुङ्ग प्रदेश सदस्यमा निर्वाचित हुनु भएको छ ।