पश्चिम नवलपरासी लगाएत आसपासका क्षेत्रमा पनि चिसो ह्वात्तै वढेको छ । गाउँघर, सहर, बजारमा चिसोका कारण मान्छेको आवत जावत निकै न्यून हुन थालको छ । जाडो छल्नकालागि पश्चिम नवलपरासीका स्थानिय तहले विभिन्न कार्ययोजना बनाई रहेको बताएका छन् ।
यसैवीच सरावल गाउँपालिकामा मंगलबारदेखि पालिका भित्रको चोक चोकमा काठ दाउँरा राखेर स्थानीयलाई आगो ताप्ने व्यवस्था पालिकाले गरेको छ । काठ दाउँराकोलागि हरियालि सामुदायिक बन तथा चिसापानी सामुदायिक वनसँग सहकार्य गरिएको सरावल गाउँपालिकाले जनाएको छ । केहीदिनमा जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई न्यानो कपडा पनि वितरण गरीने सरावल गाउँपालिकाकी उपाध्यक्ष वास्मती हजिजनले जानकारी दिनु भयो ।
यस्तै रामग्रम नगरपालिकामा जनसमुदाएका लागि जाडो छल्लन नगरले तत्कालको लागि शनिबार देखिनै प्रत्येक वडामा आगो ताप्न काठ दाउराको व्यवस्था गरेको छ । साथै हाट बजार तथा चोकहरुमा काठ दाउँरा राखेर आगो बाल्ने र ताप्ने व्यवस्था गरेको छ । थप योजनाकालागि नगर कार्य समितिको बैठक डाक्ने तयारी भएको रामग्रम नगरपवालिकाको नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
यसैबीच पाल्हिनन्दन गाउँपालिकामा कार्यपालिकाको बैठक बसेर जनसमुदायकालागि काँठ दाउँराकाको व्यवस्था गरिने अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जानकारी दिनुभयो ।
बर्दघाट नगरपाँलिकामा उद्योग व्यापार सघं तथा बजार व्यवस्थापन समितिको सहकार्यमा मंगलबारदेखि नगर भित्रका चोकहरुमा काठ दाउँराको व्यवस्था गरिएको छ । साथै अति विपन्न् बालबालिकाहरुकालागि न्यानो कपडा वितरण कार्यक्रम केहि दिनमा गरिने बर्दघाट नगरपालिकाको नगरप्रमुख शम्भु लाल क्षेष्ठले जानकारी दिनुभयो ।
यस्तै सुस्ता गाउँपालिकामा मंगलबार नै गाउँपालिकाको बैठक बसिदै छ । हरेक वडामा काठँ दाँउराको व्यवस्था गरिने योजना रहेको वताइएको छ । भोलिदेखिनै काठ दाउराको वितरण गरिने छ । गाउँपालिकाले अति गरीव परिवारलाई छनोट गरी कम्बल न्यानो कपडा र र्तिपाल वितरण गरिने योजना रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यक्षले जानकारी दिनुभयो ।
यस्तै प्रतापपुर गाउँपालिकाले पनि जाडो छल्न विभिन्न कार्ययोजना वनाएको जनाएको छ । प्रत्येक वडामा काठँ दाउँराको व्यवस्था बुधवारदेखि नै गरिने वताइएको छ । भने न्यानो कपडाको वितरणको कार्ययोजना पनि रहेको गाउँपलिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
सुनवल नगरपालिकामा भने गएको पाँच दिनदेखि नै बन कार्यलयको सहकार्यमा प्रत्येक वडाको चोकमा आगो बाल्न काठँ दाउँराको व्यवस्था गरिएको छ । केहिदिनमा अति विपन्न परिवार, बालवालिका, तथा जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरणको कार्यक्रम रहेको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले नेपाली चेलीलाई जानकारी दिनुभयो ।